तीन दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय बालक

  • भदौ ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

नवलपरासी/  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्।

अबोध बालक जंगलमा हराएपछि परिवार, आफन्त र स्थानीयवासीमा छाएको चिन्ता र पीडा बालक भेटिएसँगै खुसीमा परिणत भएको छ।

भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्कने क्रममा उनका नाती हराएपछि परिवारले बालकको खोजीका लागि स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गरेका थिए। बालक कहाँ पुगे होलान् भन्ने चिन्ताले परिवार मात्रै होइन, सिंगो गाउँ नै बेचैन बनेको थियो।

बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर खटिएका थिए। सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस, प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली परिचालन भएको थियो।

त्यस्तै, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा ७ जनाको टोली खोजीमा जुटेको थियो।

लगातारको खोजीपछि भदौ ४ गते बिहान करिब १० बजे बालक घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फको जंगलमा सकुशल फेला परे।

तीन दिनसम्म जंगलमा हराएका अबोध बालकलाई सामान्य अवस्थामा भेटिएको दृश्यले खोजीमा जुटेका सुरक्षाकर्मी, स्थानीयवासी र परिवारका सदस्यलाई भावुक बनाएको थियो।

लामो प्रतीक्षापछि काखमा फर्किएको बालकको त्यो क्षण परिवारका लागि शब्दमा बयान गर्न नसकिने खुसी र राहतको क्षण बनेको छ।

कठिन परिस्थितिमा पनि हार नमान्दै गरिएको निरन्तर खोजी र स्थानीय समुदाय तथा सुरक्षाकर्मीको संयुक्त प्रयासले अन्ततः एउटा परिवारको खुसी फर्काएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved