बराहक्षेत्रमा नगर अस्पतालबाटै मोतिया बिन्दुको अप्रेसन

  • भदौ ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ बराहक्षेत्र नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गरेसंगै मोतिया बिन्दुको अप्रेसन गर्न स्थानिय सेवा ग्राहिलाई नगर बाहिर जानू पर्ने वाध्यताको अन्त्य भएको छ ।

नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गर्दै आएको छ ।

चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमा मोतिया बिन्दुको अप्रेसन कार्य सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

अस्पताले मोतिया बिन्दुको परिक्षण गर्ने र मोतिया बिन्दुको निशुल्क रुपमा शल्यक्रिया अर्थात अप्रेसन कार्य गर्ने गरेको छ ।

नियमित रुपमा निशुल्क शिबिर आयोजना गर्दै मोतिया बिन्दुको शल्यक्रिया गर्दै आएको नगरपालिकाले नगर अस्पताल मार्फत सुरु गरेको आँखा उपचार केन्द्रमा सञ्चालन गरेको अप्रेसन कार्यमा बिहिबार एकै दिन ६६ जना भन्दा बढिले मोतिया बिन्दुको अप्रेसन गरेको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टले बताए ।

वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा समन्वयमा नगर अस्पतालमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिको छ । मोतिया बिन्दु लगायत आखा सम्बन्धि रोग भएका नगरवासिहरुको सेवाकालागि आँखा उपचार केन्द्रको स्थापना र आर्थिक रुपमा बिपन्न रहेका ,

अस्पताल भन्दा टाढा रहेर बसेका मानिसहरुको सेवा, सुबिधाकालागि निशुल्क आँखा जाचँ शिबिर आयोजना गरि मोतिया बिन्दु रोगको निशुल्क नगर अस्पतालबाटै शल्यक्रिया सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

फोनमा ठूलो स्वरमा बो ...

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३, माझँ ...

ओझेलमा लेम्लेमा झरना ...

धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ ...

तीन दिनपछि जंगलमा सक ...

नवलपरासी/  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका&nd ...

जनता टेलिभिजनका अध्य ...

काठमाडौँ/ प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved