ब्राउन सुगर बोकेर मोटरसाइकलमा यात्रा गर्दै गरेका धरानका दुई जना इनरुवामा पक्राउ

  • भदौ ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित मोटरसाइकलमा यात्रा गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले  शनिबार दिउँसो करिब २ बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ४३ वर्षीय अर्जुन राई र सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राई रहेका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी खानतलासी गर्दा उनीहरूको साथबाट ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर  बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रेस युनियन सुनसरीम ...

इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्म ...

१० वर्षीया बालिकालाइ ...

तानसेन/ पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर ...

फोनमा ठूलो स्वरमा बो ...

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३, माझँ ...

बराहक्षेत्रमा नगर अस ...

वराहक्षेत्र/ बराहक्षेत्र नगर अस्पताले मार्सिक रुपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved