प्रेस युनियन सुनसरीमा आधा कार्यकाल मात्रिकालाई, आधा उषाकिरणलाई

  • भदौ ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले युनियनको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरे अध्यक्ष बन्नेछिन् ।

युनियनको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह र सचिवमा संगम विष्ट चयन भएका छन् । 

यस्तैगरि सहसचिव समावेशीतर्फ अजमल अन्सारी, महिला सहसचिवमा ज्योती पोखरेल तथा कोषाध्यक्षमा नशिम अन्सारी चयन भएका छन् ।

त्यस्तै सदस्यतर्फ दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारीका राई, सुविक्षा राई, सञ्जिव तिम्सिना, सरोज श्रेष्ठ, भिम चौधरी चयन भएका छन् ।

अधिवेशनले ध्रुव ढकाल, पवन अधिकारी, हर्ष सुब्बा, अमर खड्का, सचिन पोखरेल, अजित झा, चेतन धमला, हेमराज दाहाल, चन्दा खड्का, उषाकिरण घिमिरे, मेनुका पाण्डे, गोविन्द घिमिरे र किरण पोखरेललाई केन्द्रीय पार्षदमा सर्वसम्मत रूपमा चयन गरेको छ।

यसैगरी अधिवेशनले गणेश निरौला, सुप्रिया राई, सुरेन्द्र मेहता, खेमराज सापकोटा, प्रेमणी भट्टराई, शुक्रान्त राई, अनिल चौघरी, सन्तोष हलुवाई, राजकुमारी चौधरी, गुरू ढकाल, दीपक कार्की, निशान चौधरी, शान्ता निारौला गंगा अधिकारीलाई प्रदेश पार्षदमा सर्वसम्मत रूपमा चयन गरेको छ।

 

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved