इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले युनियनको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरे अध्यक्ष बन्नेछिन् ।
युनियनको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् ।