राजनीति

    Showing ३४१-३५० of १,९५८ items.
  • नवनियुक्त गभर्नर डा. विश्व पौडेलद्वारा अर्थमन्त्री पौडेलसँग भेट

    काठमाडौं/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्। गभर्नर नियुक्तिपछि पहिलो पटक अर्थ मन्त्रालय पुगेका डा। पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा। पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान आर्थिक तथा मौद्रिक चुनौती समाधानमा डा. पौडेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट सरकारको वि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ५३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेतृत्वविहीन बीपी प्रतिष्ठान: भागबन्डा मिलाउन नसक्दा प्रतिष्ठानको शैक्षिक भविष्य अन्योलमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाभन्दा बढी समयदेखि उपकुलपति नियुक्त नहुँदा संस्थाको सञ्चालन अस्थायीत्वको अवस्थामा पुगेको छ। राजनीतिक भागबन्डा मिलाउन नसक्दा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेको हो। गत चैत २७ गतेदेखि उपकुलपति पद रिक्त भएपछि प्रतिष्ठानको नेतृत्व कार्यवाहक रूपमा डा. सञ्जीव शर्माले सम्हालिरहेका छन्। तर निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो कर्मचारी र सरोकारवालाबाट उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका च

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ७०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारको नीति तथा कार्यक्रम यस्तो छ

    विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने योजना समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’चालु आर्थिक वर्षमा पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको सरकारले २०८२ मा कोशी प्रदेश जलवायु सम्मेल

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ७९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माछा नभएको ठाउँमा पोखरी देखाएर करोडौं अनुदान हिनामिना, पूर्वमन्त्रीसहित ८ जनाविरुद्ध मुद्दा

    काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर सरकारी अनुदान रकम हिनामिना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सर्लाहीको बागमती नगरपालिकामा सागरनाथ वन विकास परियोजनाअन्तर्गत माछा नभएको स्थानमा पोखरी निर्माण भएको देखाएर पटक–पटक अनुदान रकम निकासा गरिएको र करोडौं रुपैयाँको दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको हो। प्रतिवादीमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन मेयर भरत कुमार थापा, प्रमुख प्रशासकीय अधिकृत वि

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ६३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३२ औँ मदन–आश्रित स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

    काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा दुबै नेताको निधन भएको थियो। स्मृति दिवसका अवसरमा एमालेले देशभरका सबै तहका कमिटीहरूलाई श्रद्धाञ्जलि सभा, विचार गोष्ठी, रक्तदान, वृक्षरोपण, सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय कार्यालय बल्खुमा आज विशेष श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ, जहाँ अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ। प्रवासी नेप

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ५७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादबीच पनि पाथीभरा केबलकार निर्माण अगाडि बढ्ने

    धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजना अब कानुनी अड्चनबिना अगाडि बढ्ने भएको छ। सर्वोच्च अदालतले परियोजनालाई रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदकले उठाएका तर्कमा परियोजना तत्काल रोक्नुपर्ने प्रष्ट कानुनी आधार नभएको ठहर गरेको हो। रिट निवेदकले केबलकारले पाथीभरा मन्दिरको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वमा असर पार्न

    • प्रकाशित मितिः जेठ १, २०८२
    • १,१४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउदी अरबमा अलपत्र परेका नेपाली उद्धार गर्न सांसद बर्तौलाको माग

    काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले साउदी अरबको जुवेल सहरमा कम्पनी बन्द भएपछि अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द हुँदा ४६९ नेपाली कामदार रोजगारविहीन भएका छन्। तीमध्ये २२६ जना नेपाल फर्कन चाहेका छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीको वातावरण मिलाइदिन आग्रह गरेका छन्। “कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्। उनीहरूलाई खानाको अभाव छ, बिरामी हुँदा उपचार पनि पाएका छैनन्,” बर्तौलाले भने। उनका अनुसार ती कामदारले दुईद

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ६१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न गृहमन्त्री लेखकको निर्देशन

    विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षासम्बन्धी निकायलाई ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न कडा निर्देशन दिएका छन्। बुधबार विराटनगरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रमा भइरहेको तस्करीले अपराध वृद्धि र राजस्व ह्रास गराएको भन्दै तत्काल कारवाहीको तयारी गर्न भनेका हुन्। “तस्करी तुरुन्त रोक्नुहोस्, यसको लागि एक्सन प्लान बनाउनुहोस्,” गृहमन्त्री लेखकले भने, “सीमा क्षेत्रमा हुने तस्करीले राज्यको राजस्व घटाएको छ, अपराध बढाएको छ र केही मानिस गैरकानुनी रूपमा रातारात धनी हुने अवस्था सिर्जना गरेको छ।” गोष्ठीमा कोशी

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बर्तमान गठवन्धन पुर्ण कार्यकाल चल्छ,गर्भनर नियुक्तिमा समस्या छैनः गृहमन्त्री

    विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन्धनमा खटपट नभएको भन्दै एमाले र काग्रेसवीच गर्भनर नियुक्तिमा कनै समस्या नभएको बताएका छन् । विराटनगरमा सुरक्षा वैठकमा सहभागि हुन आएका गृहमन्त्री लेखकले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘एमाले र काँग्रेस बीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ ।’लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । उनले भने, ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा जगाइरहेको छ । उनले राजावादी गतिविधिबारे कडा चेतावनी दिए ।‘ उनले संविधान र वर्तमान व्यवस्था विरुद्धका

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ४९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्रको सुन्दर फूल धरानका मेयर किन नकरात्मकःप्रचण्ड

    धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ नम्बर प्रदेशको नामाकरणको विषयमा असन्तुष्टि ब्यक्त गरेका छन् ।   धरानमा आइतबार आयोजित किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहेका अध्यक्ष प्रचण्डले उक्त असन्तुष्टि ब्यक्त गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै भने ‘माओवादी केन्द्र प्रदेश नम्बर १ को नामकरण गर्दा कोचलाई समेत सम्बोधन गर्दे किरात, लिम्बुवान र कोचको संयुक्त पहिचान झल्किने गरी नाम राख्न जरुरी छ ।’ उनले पहिचानको आन्दोलन गरिरहेकाहरु माओवादी पार्ट

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ७०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved