३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न गृहमन्त्री लेखकको निर्देशन

  • जेठ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षासम्बन्धी निकायलाई ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न कडा निर्देशन दिएका छन्।

बुधबार विराटनगरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रमा भइरहेको तस्करीले अपराध वृद्धि र राजस्व ह्रास गराएको भन्दै तत्काल कारवाहीको तयारी गर्न भनेका हुन्।

“तस्करी तुरुन्त रोक्नुहोस्, यसको लागि एक्सन प्लान बनाउनुहोस्,” गृहमन्त्री लेखकले भने, “सीमा क्षेत्रमा हुने तस्करीले राज्यको राजस्व घटाएको छ, अपराध बढाएको छ र केही मानिस गैरकानुनी रूपमा रातारात धनी हुने अवस्था सिर्जना गरेको छ।”

गोष्ठीमा कोशी प्रदेशका सबै १४ जिल्लाका सुरक्षा प्रमुखहरू सहभागी थिए। गृहमन्त्रीले उपस्थित अधिकारीहरूलाई ३० दिनभित्र तस्करी नियन्त्रणको प्रत्यक्ष प्रभाव देखिने गरी कदम चाल्न निर्देशन दिए। “यदि तपाईंहरूले प्रभावकारी कदम चाल्नुभएन भने गृह मन्त्रालयले अर्को किसिमको एक्सन लिन्छ,” उनले चेतावनी दिए।

विराटनगरका निजी क्षेत्रका व्यवसायीहरूबाट तस्करीसम्बन्धी गुनासो बढ्दै गएको उल्लेख गर्दै गृहमन्त्रीले तस्करी नियन्त्रण गर्न सकेमात्र राज्यको राजस्व प्रणाली सुदृढ हुने र अपराध नियन्त्रणमा सहयोग पुग्ने बताएका छन्।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved