नवनियुक्त गभर्नर डा. विश्व पौडेलद्वारा अर्थमन्त्री पौडेलसँग भेट

  • जेठ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्। गभर्नर नियुक्तिपछि पहिलो पटक अर्थ मन्त्रालय पुगेका डा। पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा। पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान आर्थिक तथा मौद्रिक चुनौती समाधानमा डा. पौडेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट सरकारको वित्तीय नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताउँदै राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतालाई अझ प्रभावकारी बनाउने धारणा व्यक्त गरे।

भेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले पनि गभर्नर डा. पौडेललाई बधाइ र शुभकामना दिएका थिए।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved