विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने योजना समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’चालु आर्थिक वर्षमा पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको सरकारले २०८२ मा कोशी प्रदेश जलवायु सम्मेलन पनि आयोजना गर्ने नीति लिएको छ ।सरकारले मैथिली र लिम्बू भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने भएको छ ।
सबै प्रकारका विभेद र हिंशामुक्त प्रदेश निर्माण गर्ने सरकारले नीति बनाएको छ । सडक मानव मुक्त प्रदेश बनाउने सरकारको नीति छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान मार्फत स्वास्थ्य साक्षरता सञ्चालन गर्ने भएको छ ।मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई “कोशी अत्यावश्यक सेवा केन्द्र ” मा रूपान्तरण गर्ने सरकारको योजना छ । यातायात व्यवस्था कार्यालयमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ गर्ने सरकारको नीति छ ।
अगुवा कृषकलाई सम्मान गर्ने र “कृषक सबैभन्दा अगाडि” भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषक केन्द्रित अभियान सञ्चालन गर्ने नीति लिएको छ ।
कोशी-नीति-तथगा-कार्यक्रम-२०८२८३-final