साउदी अरबमा अलपत्र परेका नेपाली उद्धार गर्न सांसद बर्तौलाको माग

  • वैशाख ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले साउदी अरबको जुवेल सहरमा कम्पनी बन्द भएपछि अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द हुँदा ४६९ नेपाली कामदार रोजगारविहीन भएका छन्। तीमध्ये २२६ जना नेपाल फर्कन चाहेका छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीको वातावरण मिलाइदिन आग्रह गरेका छन्।

“कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्। उनीहरूलाई खानाको अभाव छ, बिरामी हुँदा उपचार पनि पाएका छैनन्,” बर्तौलाले भने। उनका अनुसार ती कामदारले दुईदेखि नौ महिनासम्मको तलबसमेत पाएका छैनन्।

सांसद बर्तौलाले भिसा बन्द भएकाले स्वदेश फर्कन नपाएका नेपालीको यथाशीघ्र उद्धार गरी आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग माग गरे।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved