३२ औँ मदन–आश्रित स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

  • जेठ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा दुबै नेताको निधन भएको थियो।

स्मृति दिवसका अवसरमा एमालेले देशभरका सबै तहका कमिटीहरूलाई श्रद्धाञ्जलि सभा, विचार गोष्ठी, रक्तदान, वृक्षरोपण, सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय कार्यालय बल्खुमा आज विशेष श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ, जहाँ अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी कानुन विभागले पनि आज साँझ ५ बजे जुममार्फत् भर्चुअल श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यक्रममा महासचिव पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

नेता मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रवर्तकका रूपमा चिनिन्छन्। उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई संसदीय लोकतन्त्रको बाटोमा डोऱ्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

दासढुंगा दुर्घटनाको रहस्य अझैसम्म खुल्न नसक्नुले स्मृति दिवसमा प्रत्येक वर्ष यो विषय पनि जोडतोडले उठ्दै आएको छ। छानबिन आयोग गठन गरिए पनि ठोस निष्कर्ष आउन नसक्दा दुर्घटना रहस्यमै रहेको भन्ने धारणा आमजनमानसमा यथावत छ।

पार्टीले दिवंगत नेताहरूको स्मृतिमा स्थापित मदन भण्डारी अध्ययन केन्द्रमार्फत उनीहरूको विचार र योगदानलाई भावी पुस्तामा प्रवाह गर्ने उद्देश्यले विभिन्न अध्ययन, प्रकाशन र प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved