वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले १०औँ संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा बिहिवार बिहान सांस्कृतिक तथा जातिय पहिचान, झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार बिहिवार सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए । बिहिवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो
काठमाडौं/ आगामी मंसिर १६ गते तय भएको स्थानीय तहको उपनिर्वाचनमा मंसिर १५ सम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने भएका छन् । आयोगको बुधबार बसेको बैठकले २०८१ भदौ ३१ सम्म मतदाता नामावलीमा नाम दर्ता भएका र आगामी मंसिर १५ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने निर्णय गरेको हो । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि आगामी मंसिर १६ गते आइतबार उपनिर्वाचन गर्ने सरकारले निर्णय गरिसकेको छ । उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रि
काठमाडौं/ नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पुर्याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ । २०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग
काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पु¥याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ ।२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाई लाग
धरान/ नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । देशले इतिहासमै
धरान/ झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ । अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । क
धरान/ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले जनजाति आन्दोलनका तीनजना अगुवालाई उपाध्यक्षका लागि सिफारिस गरेको हो । सोमबार बसेको बैठकले प्रतिष्ठानको उपाध्यक्षमा ताप्लेजुङका पासाङ शेर्पा, गोरखाका रेशम गुरुङ र मुस्ताङकी टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये पासाङ नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य हुन् ।त्यस्तै रेशम तमु छोँझ धिका पूर्व अध्यक्ष हुन् भने टासी संविधान सभा सदस्य हुन् । पासाङ शेर्पा
यति खेर ‘पहिचान पुरस्कार’को उत्कृष्ट ८ कृति सार्वजनिक पश्चात् बजार तातेको छ । खासमा मै हुँ भन्ने कविहरुले खास बजार तताएका छन् । तलका कविहरुलाई चै “कागलाई बेल पाक्यो हर्ष न बिस्मात“ भने झैँ छ । जो त्यहाँसम्म पुगेर आफ्नो कुरा पस्कने ल्याकत राख्दैन । पुरस्कार पाउन त परको कुरा भै हाल्यो । आजसम्म धेरै कविहरुको भाषण सुनेको छु मैले पनि । “पुरस्कार पाउँला भनेर कहिले लेखिएन । “, “पुरस्कार पाउनु ठूलो कुरा होइन“ जस्ता आदर्शका भाषणहरु । तर अहिलेको सरगर्मी तातिएको देख्दा सबैभन्दा आकाङ्क्षी त कवि लेखकहरु नै देखिन्छ । विशेष गरेर “लैङ्गकि विभेद भयो&ldqu
ताप्लेजुङ/ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एक वर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् । वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । वडाअध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत