राजनीति

    Showing 291-300 of 1,921 items.
  • यातायात व्यवसायीको घोषणा: भोलिदेखि सवारी साधन थन्क्याउँदै सेवा ठप्प

    काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको निर्णयप्रति विरोध जनाउँदै भोलिदेखि सवारी सेवा ठप्प पार्ने घोषणा गरेका छन्। गण्डकी सरकारले ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीहरूले जेठ १९ गतेदेखि गाडी ग्यारेज वा घरमा थन्क्याउने निर्णय गरेका हुन्। नेपालका सातवटा यातायात संगठन—सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मज

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 876 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाडौंमा राजावादीको प्रदर्शन, कमल थापा पक्राउ – लिङ्देनको आपत्ति

    काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइतबार भएको राजावादी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेताहरूलाई पक्राउ गरेको छ। बालुवाटारतर्फ जुलुससहित अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका थापाले पक्राउअघि "भ्रष्ट सरकार मुर्दावाद" भन्दै नारा लगाएका थिए। उनी पक्राउ परेपछि प्रदर्शनमा सहभागी राजावादी समूह आक्रोशित बनेका छन् र तत्काल थापालाई रिहा गर्न माग गरेका छन्। प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारले धरपकडको नीति अपना

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजसंस्था र हिन्दु राष्ट्रकाे मागसहित माइतीघरमा राजावादीकाे प्रदर्शन आज

    काठमाडौँ/  राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै राजावादी समूहहरूले संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा आज (शुक्रवार) राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। यसअघि बिहीबार उनीहरूले शान्ति बाटिकामा प्रदर्शन गर्दै आन्दोलनको औपचारिक सुरुवात गरेका थिए। उनीहरूकाे मागमा राजसंस्थाकाे पुनर्स्थापना, नेपाललाई हिन्दु राष्ट्र घाेषणा गर्ने र सङ्घीयता खारेज गर्नेजस्ता मुद्दा छन्। संयुक्त जनआन्दोलन समितिकाे समन्वयमा सञ्चालन भइरहेको आन्दोलनमा राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न हिन्दुवादी तथा राजावादी संघ–संगठन आबद्ध छन्। आन्दोलनकारीहरूले आफ्नो आन्दोलन अनिश्चितकाल

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका दिनेश गजमेर : अधिकारका एजेण्डामा अझै अवरोध

    धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएका दिनेश गजमेर २०७९ सालको स्थानीय तहको निर्वाचनपछि धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य बने। दुई दशकसम्म दलित अधिकार र सामाजिक विषयमा कलम चलाउँदै आएका गजमेर अब भने अधिकारको मुद्दा स्थापित गर्न राजनीतिक क्षेत्रमा होमिएका छन्। स्थानीय सरकारको कार्यपालिका सदस्य भए पनि अपेक्षा गरेअनुसार काम गर्न सहज नभएको उनी बताउँछन्। “पत्रकारितामा रहेर मुद्दा उठाउन सकिन्छ, तर कार्यान्वयन गर्न सत्ता नै चाहिँदो रहेछ,” गजमेरले भने। उनले कार्यपालिका सदस्यका रूपमा पहिलो बैठकमै दलित डेस्क स्थापना गर्ने प्रस्ताव राखे, जुन सर्वसम्मत निर्णय

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 756 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानजस्तो सहरमा बाँसको पुल! जोखिम मोलेर यात्रा गर्न बाध्य देउरालीबासी

    धरान/ पूर्वी नेपालकै सुन्दर र विकसित सहर मानिने धरान उपमहानगरपालिकाको मुटुमा पर्ने देउराली क्षेत्रका बासिन्दा अझै पनि बाँसको कच्ची पुलमार्फत जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। धरान उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने देउराली, आँपटार र ठिंगाबारीका स्थानीयले वर्षायाम सुरु भएसँगै निशाने खोलामा आउने बाढीका कारण बाँसको अस्थायी पुल निर्माण गरेका हुन्। खोला पार नगरी धरान बजारसम्म पुग्न नसकिने अवस्था भएपछि उनीहरूले यो जोखिमपूर्ण विकल्प रोज्नुपरेको हो। "धरानजस्तो ठाउँमा वर्षेनी हामी बाँसको पुल बनाउँदै हिँड्नुपर्छ भन्ने कुरो आफैंमा लाजमर्दो हो," एक स्थानीयले आक्रोश पोखे, "शहरमा सडक, भवन र

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 1,098 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३३औँ स्थापना दिवसमा नेपाल प्रेस युनियन सुनसरीद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

    इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा मङ्गलवार इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको र्‍यालीले विभिन्न चोकहरूको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कोणसभामा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले स्वरोजगारमुखी मिडिया हाउसहरूलाई सुदृढ बनाउन आवश्यक रहेको बताए। सञ्चारकर्मीहरूलाई आत्मनिर्भर बनाउने खालका संरचनागत पहलको खाँचो औंल्याउँदै उनले मिडिया क्षेत्रमा दिगो विकासका लागि स

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 419 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजसंस्था समर्थकको चुनौती : “ओली एक्लै सडकमा हिँडेर देखाऊ”

    काठमाडौं/ राजसंस्था पुनःस्थापनाका पक्षमा आन्दोलनरत जनआन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गतेको दिन सडकमा एक्लै हिँडेर देखाउन कडा चुनौती दिएको छ। समितिले एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई उक्त दिन राजधानी कब्जा गर्न दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै भनेको छ, “ज्ञानेन्द्र शाहझैँ एक्लै सडकमा हिँडेर देखाऊ।” समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ स्वयम्‌ सुरक्षाकर्मीको कब्जामा मात्र सुरक्षित छन् भन्ने प्रमाणित भएको छ। देश अह

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सुरक्षा कार्यान्वयन बारे कार्यशाला

    धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले लगानी र श्रम बजारमा उत्पन्न तरलताकाबीच सामाजिक सुरक्षा कार्यान्वयन अनिवार्य बनेको सन्दर्भमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विषयका विज्ञ मार्फत परिवर्तित सार्वजनिक यातायात क्षेत्र चुनौती र सामाजिक सुरक्षा कार्यान्वयन बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यशाला प्रशिक्षण गरेको छ ।आइतबार सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सितार होटलमा आयोजित कार्यशालामा प्रदेशभरीका १ सय २५ जनाको सहभागीतामा कार्यशाला भएको हो । कार्यशालामा विषय विज्ञका रुपमा सामाजिक सुरक्षा कोष काठमाण्डौंका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्धता हुँ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा समता दिवस मनाइयो, कांग्रेसद्वारा सहभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रम आयोजना गरेको छ। कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। मुख्य अतिथि विश्वकर्माले देशमा अझै पनि जातीय विभेद र छुवाछुतको अवस्था कायमै रहेको बताए। “पूर्वतिर केही कम भए पनि पश्चिम नेपालमा अझै पनि विकराल अवस्था देखिन्छ,” उनले भने, “जातीय विभेदको अन्त्यका लागि कांग्रेसले ऐतिहासिक काम गरेको छ।” उनले २०४७, २०६३ र २०७२ सालक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रको दुर्गम गाउ

    धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालिकामा गाभिएपछि ४ नं. वडा बनेपनि धरान उपमहानगरपालिकाभन्दा अलग पहिचान बोकेको छ । यो वडा उपमहानगरपालिकामा गाभिए पनि अन्य वडाको दाँजोमा विकासले फड्को मार्न सकेको छैन ।धरान उपमहनगरपालका वडा नं. ४ पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको झण्डै दश बर्ष पुग्न लागे पनि यो वडा सडक सञ्जाल, खानेपानी तथा सञ्चारको क्षेत्रमा पछाडि रहेको छ । उपमहानगरपालिकामा गाभिए पनि यस वडामा अधिकांश सडक कच्ची छन्, खानेपानीको समस्याले सर्वसाधारण अझै सास्ती भोग्नु परेको छ भने प्रविधिको विकाससँगै सञ्चारको सुविधा समेत छैन । अहिलेसम्म यो वडामा ३ सय मिटर सडकमात्र का

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved