राजसंस्था समर्थकको चुनौती : “ओली एक्लै सडकमा हिँडेर देखाऊ”

  • जेठ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ राजसंस्था पुनःस्थापनाका पक्षमा आन्दोलनरत जनआन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गतेको दिन सडकमा एक्लै हिँडेर देखाउन कडा चुनौती दिएको छ।

समितिले एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई उक्त दिन राजधानी कब्जा गर्न दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै भनेको छ, “ज्ञानेन्द्र शाहझैँ एक्लै सडकमा हिँडेर देखाऊ।”

समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ स्वयम्‌ सुरक्षाकर्मीको कब्जामा मात्र सुरक्षित छन् भन्ने प्रमाणित भएको छ।

देश अहिले उहाँको नियन्त्रणमा छैन भन्ने सन्देश उहाँकै शब्दबाट प्रष्ट हुन्छ।”

विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई शान्तिपूर्ण र संवैधानिक राजसंस्थासहितको व्यवस्थाको पक्षमा आत्मसमर्पण गर्न समेत सुझाव दिइएको छ।

“राजा ज्ञानेन्द्र झैं ओलीले पनि १५ गते सुरक्षाकर्मी र पालित समूहबिना सडकमा हिँडेर देखाउनसक्ने हो भने मात्रै जनताको भावना बुझ्न सक्नुहुन्छ,” विज्ञप्तिमा भनिएको छ।

जनआन्दोलन परिचालन समितिले जेठ १५ गतेदेखि राजसंस्थाको पक्षमा निरन्तर आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ।

 विज्ञप्ति

bigyapti

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved