काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुग्नुभएको छ । राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । तर नेकपाकै अर्को पक्षले भने सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । संसद विघटनको सिफारिस सँगै आम जनमानसमाअब के हुन्छ भन्ने चासो बढेको छ । संविधानमा संसद विघटनसम्बन्धी प्रावधानबारे भने प्रष्ट खुलाइएको छैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ । संविधानको धारा ७६ को उपधारा ७ को
विराटनगर । अघिल्लो दिन मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा आफू र अध्यक्ष केपी ओली निकटको गुट सम्बद्ध युवाहरुको भेलामा सहभागी भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसंचार मन्त्री गोकुल बास्कोटाले आइतबार विराटनगरमा नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे । पार्टी सम्बद्ध प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले भने, “नेकपा कुनै हालतमा फुट्दैन । हामी सबै पार्टी एकताको पक्षमा छौं । जनता पनि पार्टी एकताको पक्षमा छन ।” बास्कोटाले नेता कार्यकर्ताको ‘म्यान्डेड’ पनि एकता नै भएको दाबी गरिरहंदा प्रधानमन्त्री केपी ओलीको आफ्नै प्रदेशमा भने नेकपाको र उसका
विराटनगर । प्रदेश १ संसदमा प्रमुख विपक्षी कांग्रेसले तुरुन्तै प्रदेशसभा अधिवेशन शुरु गरी बजेट संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारलाई दबाब दिएको छ । संसदीय दलको कार्यालयमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले अहिलेको बजेट कार्यान्वयन नै हुन नसक्ने भन्दै यसलाई संशोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । विपक्षी दलका नेता राजीव कोइरालाले भने, “सरकारले पहिले ल्याएका कतिपय कार्यक्रममा बजेट कार्यान्वयन हुने अवस्था देखिएको थियो तर आर्थिक मामिला मन्त्रालयले नै आधामात्र बजेट कार्यान्वयन गर्न भन्दै मन्त्रालयहरुलाई पत्राचार गरेकोले अब बजेट संशोधन गरेर जानुपर्छ । कार्यान्वयन हु
विराटनगर । जनताका समस्या उठान हुने थलो संसद हो । जनप्रतिनिधिले जनताका समस्यालाई सोझै सरकार समक्ष पु¥याउन संसदमा जनताको बोली बोल्छन । तर, प्रदेश १ मा कोरोना संक्रमण र निर्माणाधीन संसद भवनलाई कारण देखाउँदै संसदको हिउँदे अधिवेशन बोलाउन चासो दिइएको छैन । संसद अधिवेशन नचल्दा सरकारलाई खबरदारी गर्ने ‘मिनी संसद’ भनिने संसदीय समिति पनि निष्कृय छन । प्रदेश १ मा सातवटा संसदीय समिति छन । तर, यिनको सक्रियता विगतदेखि नै हुन सकेको छैन् । अहिले कोरोना महामारीका कारण स्वास्थ्य सेवाको सवालमा जनताले दुःख पाईरहेका भएपनि समस्याहरु सरकारसम्म पु¥याउने माध्यम नै नहुँदा जनसरोकारका विषय ओझेलमा परेक
इटहरी । मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रले जनताको जिवनस्तर उकास्न नसकेको र देशलाइ टुक्राएर बिभाजन गरेको भन्दै बिभिन्न जिल्लाहरूमा अहिले राजसंस्थाको पक्षमा ‘राजा आउँ देश बचाउँ’ जस्ता नाराहरू लगाउदै सडकमा नाराजुलुस चलिरहेको छ । राजनीतिक बिवादले जनतामा छाएको निरासापनको फाइदा उठाउदै देशमा पुनःराजसंस्था स्थापना गर्ने उद्देस्यले हाल बिभिन्न जिल्लामा आन्दोलन शुरू भएको छ । काठमाण्डौबाट शुरू भएको आन्दोलन अहिले पश्चिमको धनगढी, नेपालगंज, हुँदै प्रदेश एकको धरान, बिराटनगर, इटहरी र झापा सम्म आइपुगेको छ । कोरोना भाइरसको महामारी बिच सरकारले भिडभाड हुने कुनै कार्यक्रम नगर्न दिएको आदेश बिपरित
इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न निर्माण नभएको दाबी गरेका छन । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको शिलान्यास कार्यक्रममा राईले नेकपालाई फुट्न निर्माण नभएको र फूटाउने अधिकार कसैलाई नभएको भन्दै कुनै हालतमा पार्टी फुट्न नदिनेमा आफू रहेको बताए । राईले भने, ‘तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको छ, कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको छ ।’ उनले अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प नरहेको बताए । फरक प्रसंगमा राईले नेपालमै पहिलो चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाले नेपाली चियाको अन्तराष
धरान । निर्वाचनताका गरेका प्रतिबद्धताहरु १ वर्ष बितिसक्दा पनि पुरा गर्न नसकेको आक्षेप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई अहिले सल्लाहाकार मनोनितको विषय पनि विवादित बनेको छ । निर्वाचित भएको १ वर्ष पछि गत १२ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विज्ञ समिती र सल्लाहाकार समिती गठन गरेका थिए । मंसिर १६ गते निर्णय अनुसारको नामावली सार्वजनिक गरे पछि उनको मनोनयन प्रक्रिया विवादित बनेको हो । सल्लाहाकार समिती र विज्ञसमितीको निर्णय आफै गर्ने र सुचना पनि आफै जारी गर्ने प्रक्रियाले प्रशासन कर्मचारीहरु सँगको समन्वय हुन नसकेको भन्दै एक थरीले प्रसाशनिक त्रुटि रहेको जनाएको छ भने अर्को थरी उनकै पार्
इलाम । नेकपाका अध्यक्षद्वयको आन्तरिक विवादका कारण पार्टी फुट्ने हल्ला चलिरहे पनि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले कुनैपनि हालतमा पार्टी नफूट्ने दाबी गरेका छन् । प्रचण्ड निकट देखिएका खनालले पार्टी भित्र अन्तरसंघर्ष र बहस चलिरहे पनि ७१ वर्षको संघर्षले एकता भएको पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण भएको अस्पतालको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने, ‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघि बढिरहेको छ, अन्र्तसंघर्ष छन, आन्तरिक बहस चलिरहेका छ, यसले समस्या समाधान गराएर देशलाई तिब
धरान । कोरोना संक्रमण देखिए पछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मीन बहादुर बिश्वकर्मा ३६ दिन पछि आइतबार आस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मुक्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो सुधार भएकोले चिकित्सकहरुको सल्लाहमा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना भाइरस संक्रमण भएपछि सांसद विश्वकर्मालाई कार्तिक ८ गते वीर अस्पतलामा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारको लागी कार्तिक ११ गते काठमाण्डौंको ग्राण्डी अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । सबैको शुभेच्छा तथा स्वास्थ्यकर्मीह
झापा । मुकुलको राष्ट्रिय एकता बचाउन नेकपाको एकता आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तलमाथि भए संविधान च्यात्नेहरुको मनोवल बढेर जाने उनको भनाई छ । झापाको विर्तामोडमा एक होटलको उदघाटन गर्दै मन्त्री भट्टराईले भने, ‘हिजो मधेश र पहाडको बीचमा आन्दोलन गर्ने र पूर्व र पश्चिमको बीचमा समेत आगो बल्ने काम भएकाले नेकपा फुट्ने होइन जुटेर जानु पर्छ ।’ नेकपामा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको उनले बताए । भूतप्रेत भनेर उनले राजाबादीहरुप्रति संकेत गरेका हुन् । झाप