नेकपा विभाजन गर्न प्रतिगामी शक्ति लाग्यो: गृहमन्त्री थापा

  • माघ ४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा÷प्रतिगमनलाई रोक्न संसद विगठन एकमात्र विकल्प भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आज आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोध गर्दै गुहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले समाजवादको नेतृत्व गरी रहेको देशलाई समृद्धिको दिशामा अघि बढ्दै गर्दा नेकपालाई विभाजन गर्न प्रतिगामी शक्ति लागि परेकोले यसलाई जोगाउन प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्नु परेको स्पष्ट पारे ।

राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको अवस्था आएको समेत बताए । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लागि चुनावको विकल्प नरहेको समेत उनले जिकिर गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुनस्थापनाको नारा लिएर हिड्नेहरु पश्चगामी शक्ति भएको आरोप समेत लगाए ।

प्रधानमन्त्रीलाई राजनीतिक कु गर्ने षड्यन्त्र भएको थाहा भएपछि प्रधानमन्त्रीले संसद विगठन गर्नु परेको समेत गृहमन्त्री थापाले स्पष्ट पारे । प्रतिगामी शक्तिले आफ्नो गुमेको शक्तिलाई पुस्थापना गर्न लागि रहेको उल्लेख गर्दै नेकपाको नेतृत्वले त्यसको पर्दाफास गर्दै जनआन्दोलनको उपलब्धीलाई रक्षा गर्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतम, गोपाल गुँरागाई, देवराज घिमिरे लगायतले लोकतन्त्रमाथि खतरा हुने भएकाले अहिले नयाँ जनादेशका लागि निर्वाचनमा जानु परेको बताए । राष्ट्रियतालाई जोगाउदै लोकतन्त्रलाई रक्षाका लागि निर्वाचन एकमात्र विकल्प भएकाले आम कार्यकर्ताहरुलाई निर्वाचन होमिन निर्देशन दिए ।

thapa-badal

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved