खनालको क्षेत्रमा बस्नेतको भाषण :राष्ट्रपतिका लागि झलनाथ अर्को समूहमा लागे

  • पुस २९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले झलनाथ खनाल राष्ट्रपति हुने चक्करले प्रचण्ड–नेपाल समूहमा लागेको बताएका छन् ।

इलाममा आयोजित नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका नेकपा कार्यकर्ताहरूको युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले खनाल राष्ट्रपतिहुने चक्करले प्रचण्ड नेपाल समूहमा लागेको बताएका हुन् ।

प्रचण्डले खनाललाई राष्ट्रपतिको आश्वासन दिएका कारण ओली विरुद्घ लागेको बताएका छन् । उनले भने,‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर आफू राष्ट्रपति बन्ने दाउमा लागेको भन्दै बस्नेतले विवेकहिन तत्व सलबलाएको बताए ।

‘कमरेड माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको इतिहास बिर्सिनुभयो,’बस्नेतले भने,‘चुनाव चिन्ह सूर्य हो, सूर्य चिन्ह हाम्रै हो ।’ मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुशासन, भ्रष्टाचारमुक्त, विकास निर्माणमा लागेका प्रधानमन्त्री ओली राजनेता भएको दावी गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूह लागिपरेको आरोप लगाए ।

जनताको चाहना बमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकोले बस्नेतले बताए ।

नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवम् भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले इलाममा ८० र २० को अवस्था रहेको भन्दै कार्यकर्तालाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् ।

उनले ‘इलामका जनप्रतिनिधिको कुरा गर्ने हो भने चारवटा नगरपालिकामध्ये तीन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि हाम्रो मूलधारमा रहेको बताउँदै रानाले भने करिब २० प्रतिशत प्रचण्ड–नेपाल समूहमा पूरा रेहका छन् ।’

उनले भने, ‘सरकारविरुद्घ अन्दोलन गर्ने क्रममा केही २०÷ ३० जना साथीहरू पुल्ठे जुलुस लगाउँदै हिनेका व्यक्ति को रहेछन् भनेको त नाली खन्ने साथीहरूलाई पो ल्याएका रहेछन’, रानाले भने, ‘त्यसकारण जनआधार कस्तो छ भन्ने प्रमाणित भै सकेको छ ।’

नेकपाका केन्द्रीय सदस्य एवम् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का केन्द्रीय नेता रश्मि आचार्यले प्रचण्डको ‘आरोपपत्र’नै पार्टी विभाजनको प्रमुख समस्या रहेको बताए ।

उनले आरोप पत्र नै पार्टीलाई विग्रह ल्याउने साधन भएको आरोप लगाए । उनले वर्तमान प्रधानमन्त्री ओलीकै कारण संविधान बनाएको बताए । ‘भारतले पटकपटक भेट्न खोज्दा पनि उनले (केपी ओली) ले तोकिएकै मितिमा(असोज ३)मा नै संविधान जारी गर्ने बताए’ आचार्यले भने,‘अन्य नेताहरूले भारतको कुरा सुन्न थाले तर ओलीले अडान राख्दा संविधान बन्यो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved