राजनीति

    Showing १६१-१७० of १,९५८ items.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी–१ बाट निर्वाचन लड्ने तयारीमा

    सुनसरी/  धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं.–१ बाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्। उनले संघीय निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यले मेयर पदबाट राजीनामा गर्ने निर्णय अन्तिम चरणमा पुगेको बताइएको छ। २०७९ को प्रतिनिधिसभा चुनावमा सोही क्षेत्रबाट जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए। स्थानीय तहको सोही वर्ष भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका साम्पाङ पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ६३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महँगी चुलिँदा ज्याला स्थिर : श्रमिकको गुहार— ‘हाम्रो आवाज सुनियोस्’

    धरान/ महँगी दिनहुँ बढ्दै गए पनि आफूहरूको ज्याला भने वर्षौँदेखि उही रहेको गुनासो धरानका विभिन्न क्षेत्रका श्रमिकहरूले गरेका छन्। जिफन्ट (जेनरेशन फ्रेन्ड्स अफ नेपाल ट्रेड युनियन) ले शनिबार धरानमा आयोजना गरेको श्रमिक–संवाद कार्यक्रममा सहभागी मजदुरहरूले आफ्नो वास्तविक दुःख–पीडा खुलाएर राखे। संवादमा निर्माण मजदुर, यातायात मजदुर, अटो–मेकानिक्स, उद्योगका मजदुर, सुरक्षा श्रमिक, सरसफाइ कर्मचारी, लोड–अनलोड मजदुर, स्वास्थ्य स्वयंसेवी तथा सौन्दर्यकर्मीलगायत विभिन्न क्षेत्रका ४५ जना श्रमिक अगुवाहरूको सहभागिता थियो। वर्षौंदेखि चार सय रुपैयाँ भत्तामा काम गरिरहेको बताउँदै स्वास्थ्य

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ३५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिनिधिसभा विघटनविरुद्ध एमाले आज ७७ जिल्लामा सडकमा

    काठमाडौं/ प्रतिनिधिसभा विघटनलाई “प्रतिगामी कदम” भन्दै विरोधमा उत्रिएको नेकपा (एमाले) ले आज देशभरका ७७ वटै जिल्लामा एकैसाथ जनप्रदर्शन र जनसभा गर्दैछ। प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेले चरणबद्ध जनपरिचालनलाई आज देशव्यापी बनाएको हो। एमालेले यसअघि नै वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तहसम्म जनआन्दोलन विस्तार गर्ने निर्णय गरेको थियो। सोही अनुसार भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट–आगजनीमा संलग्न दोषीमाथि कारबाही र संसद् पुनःस्थापनाको माग राख्दै देशभर विरोध कार्यक्रम चलाइरहेको छ। कार्तिक २५ मा स्थानीय तहस्तरबाट सुरु गरिएको प्रदर्शनलाई आज

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ६१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्र बलियो भयो भने मात्रै श्रम आन्दोलन बलियो हुन्छ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    विराटनगर/लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो ।  जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो ।  अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ६२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलमान घिसिङको ‘जनसेवा पार्टी’ आज घाेषणा गर्दै, मेयर बालेनकाे समर्थन

    काठमाडौँ/तीन महत्वपूर्ण विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ आज सोमबार नयाँ राजनीतिक दल ‘जनसेवा पार्टी’ को औपचारिक घोषणा गर्न तयार छन्। उनी निकट स्रोतका अनुसार यसअघि दर्ता भइसकेको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रिया अघि बढ़ाइनेछ। पार्टीको शीर्ष नेतृत्वमा को रहने भन्नेबारे अन्तिम निर्णय आज बिहान टुङ्गो लाग्नेछ। कुलमान स्वयं अध्यक्ष बन्ने कि पूर्व ऊर्जासचिव डा. अनुपकुमार उपाध्यायलाई नेतृत्व जिम्मा दिने भन्ने विषयमा छलफल तीव्र रहेको बताइएको छ। नयाँ पार्टीले ‘एक व्यक्ति, एक पद’ नीति कठोर रूपमा लागू गर्ने तय

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ४४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आधारभूत तह र युवा पुस्ताका भावना समेट्न नीति बन्छ : एमाले नेता शेरधन राई

    इनरुवा/जेनजी घटनापछि आधारभूत तह र युवा पुस्ताका भावनासंग हाम्रो पार्टी नेतृत्व जोडिनु पर्छ भन्ने उदेश्यले पार्टीले आफ्ना नीतिहरु बनाईरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभएको छ ।  जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देश माथि आक्रमण भएको तथ्यलाई उजागर गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले जेनजीहरुमाथिको गोली प्रहारको गम्भिर छानबिन गर्नुपर्ने बताउनु भएको छ ।  वहाँले भन्नु भएको छ विद्यालयका सानासाना विद्यार्थीहरुलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कस्ले गोली चलायो ? विद्यार्थीहरुको टाउकोमै कसरी गोली लाग्यो

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तर गिरावट र प्रशासनिक अनियमितताविरुद्ध हात्तिसार क्याम्पसका विद्यार्थी धर्नामा

    धरान/  शैक्षिक गुणस्तरसहित विभिन्न माग राख्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईलगायत विद्यार्थीहरु धर्नामा बसेका छन्। माग सम्बोधन नभएसम्म दैनिक बिहान १० बजेदेखि एक घण्टा धर्ना बस्ने घोषणा उनीहरुले गरेका छन्।  शनिबार बसेको क्याम्पस सञ्चालक समितिको ३०औं पूर्ण बैठकमा विद्यार्थी सरोकारका विषय समेटिन नसकेको भन्दै सभापति कार्कीले बैठक नै बहिष्कार गरेका थिए। सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई प्राथमिकता दिने भन्ने विषयमा अन्योल रहेको

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ६३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ले पायो आधिकारिकता, ‘माटो’ चुनाव चिन्ह तोकियो

    काठमाडौँ/  धरानका मेयर हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टी ले औपचारिक मान्यता प्राप्त गरेको छ। साम्पाङले आईतवार  निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गर्दै पार्टीको आधिकारिक यात्राको सुरुवात गरेका हुन्। निर्वाचन आयोगले दर्ता स्वीकृत गरेको श्रम संस्कृति पार्टीलाई ‘माटो’ चुनाव चिन्ह तोकिएको छ। पार्टीमा २८ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्। गत असोज १२ गते साम्पाङ आफैं निर्वाचन आयोग पुगेका थिए र औ

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ९०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्यरातको स्ट्याटसले बालेन फेरि विवादमा !

    काठमाडौँ/ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चाको केन्द्र बनेका छन्। मध्यरातमा उनले सामाजिक सञ्जालमार्फत लेखेको विवादास्पद स्ट्याटस केही मिनेटमै हटाए पनि, त्यसको स्क्रिनसट अहिले सोसल मिडियामा व्यापक रूपमा भाइरल बनेको छ। शाहले अमेरिका, भारत, चीनजस्ता शक्तिशाली मुलुकहरू र नेपाली प्रमुख राजनीतिक दलहरू — एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपा — सबैलाई लक्षित गर्दै तीखो र आपत्तिजनक टिप्पणी गरेका थिए। उनको शब्दचयन अशिष्ट र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील भएको भन्दै विभिन्न तर्फबाट आलोचना सुरु भएको छ। धेरैले उनको अभिव्यक्तिलाई

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ९०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • च्यासलस्थित एमाले मुख्यालयमा तीव्र पुनर्निर्माण, करिब १० करोड क्षतिपछि नयाँ स्वरूपमा रूपान्तरण

    काठमाडौं/ जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण पूर्णरूपमा क्षतिग्रस्त बनेको ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालय अहिले धमाधम पुनर्निर्माण भइरहेको छ । असोज २४ गतेको आन्दोलनका क्रममा भएको घटनामा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको मुख्यालय अहिले नयाँ स्वरूपमा रूपान्तरण हुँदैछ । पार्टी स्रोतका अनुसार भवनका भग्नावशेष हटाएर नयाँ संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । कार्यालयलाई आधुनिक सुविधासहित पुनः सञ्चालनमा ल्याउने तयारीमा एमाले नेतृत्व जुटिरहेको बताइएको छ । मुख्यालय पुनर्निर्माणपछि पार्टीका सबै केन्द्रीय विभाग र संगठनगत बैठकहरू त्यहीँबाट सञ्चालन गरिने तया

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ५३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved