मध्यरातको स्ट्याटसले बालेन फेरि विवादमा ! हटाइएको पोस्टको स्क्रिनसटले मच्चायो तरङ्ग’

  • कार्तिक १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चाको केन्द्र बनेका छन्।

मध्यरातमा उनले सामाजिक सञ्जालमार्फत लेखेको विवादास्पद स्ट्याटस केही मिनेटमै हटाए पनि, त्यसको स्क्रिनसट अहिले सोसल मिडियामा व्यापक रूपमा भाइरल बनेको छ।

शाहले अमेरिका, भारत, चीनजस्ता शक्तिशाली मुलुकहरू र नेपाली प्रमुख राजनीतिक दलहरू — एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपा — सबैलाई लक्षित गर्दै तीखो र आपत्तिजनक टिप्पणी गरेका थिए।

उनको शब्दचयन अशिष्ट र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील भएको भन्दै विभिन्न तर्फबाट आलोचना सुरु भएको छ। धेरैले उनको अभिव्यक्तिलाई ‘अतिरञ्जित आक्रोश’ भनेका छन् भने केहीले ‘राजनीतिक र कूटनीतिक मर्यादा नाघिएको’ टिप्पणी गरेका छन्।

पोस्ट केही समयमै शाहले हटाए पनि स्क्रिनसट अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै गएको छ।

अघिल्ला समयमा पनि बालेन शाह आफ्ना तिखा, खुला र अनौपचारिक अभिव्यक्तिका कारण विवादमा तानिँदै आएका थिए। यो घटनाले फेरि एकपटक उनको राजनीतिक शैली र सार्वजनिक अभिव्यक्ति संस्कारमाथि गम्भीर प्रश्न उठाएको छ।

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

धरानमा बस चेकजाँच गर ...

धरान/ सुनसरीको धरानमा सार्वजनिक बसमा सवार एक जना य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved