लोकतन्त्र बलियो भयो भने मात्रै श्रम आन्दोलन बलियो हुन्छ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

  • कार्तिक २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ ।

जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो । 

जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो । 

अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक संकट ल्याएको बताउनुभयो ।

वहाँले अहिलेको सरकार असंवैधानिक रहेको बताउनुहुँदै विघटित संसदको पुनस्र्थापना गरेर लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्नु पर्ने जिफन्टको धारणा रहेको स्पष्ट पार्नुभयो ।  

जेनजी आन्दोलपछि बनेको असंवैधानिक सरकारले गरेका एकपछि अर्को निर्णयहरुले श्रमिकहरुलाई क्रमशः विस्थापित गर्दै गइरहेको बताउनुभयो ।

श्रेष्ठका अनुसार श्रम बजारमा पुगेको क्षति र श्रमिकहरुको जीवन र रोजगारीमा पारेको असर बारे अभियानमा छलफल गरिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले श्रमिकहरुलाई समस्याबाट उन्मिुक्ति र डरबाट मुक्तिका लागि जिफन्टका सम्पूर्ण नेतृत्व परिचालन हुनुपर्ने श्रेष्ठले बताउनुभयो । 

वहाँले जेनजी घटनामा देशका उद्योग, कलकारखाना, निजी संरचनाहरु होटल तथा रेष्टुरेन्टहरु ध्वस्त हुँदा ठुलो संख्यामा श्रमिकहरुले रोजगारी गुमाउनुपरेको र त्रासमा रहनु परेको बताउनुहुँदै ती श्रमिकहरुको सुरक्षाका लागि जिफन्टले अभियान सञ्चालन गरेको बताउनुभयो । 

कोशी प्रदेशमा अभियान सञ्चालन गर्नका लागि जिफन्ट उपाध्यक्ष विदुर कार्कीको संयोजनमा जिफन्ट सचिव बेलीमाया घले, राष्ट्रिय कमिटीका सदस्यहरु भीमज्वाला राई, सन्तकुमार राई, किशोर धमला र माया भण्डारी टोलीमा रहनेछन् । 

टोलीमा जिफन्ट आवद्ध घटक युनियनका केन्द्रीय नेतृत्वलाई समेत समावेश गराउँदै अभियानलाई प्रभावकारी बनाइने अभियानका संयोजक विदुर कार्कीले जानकारी गराउनुभयो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved