श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी–१ बाट निर्वाचन लड्ने तयारीमा

  • मंसिर १, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

सुनसरी/  धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं.–१ बाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्। उनले संघीय निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यले मेयर पदबाट राजीनामा गर्ने निर्णय अन्तिम चरणमा पुगेको बताइएको छ।

२०७९ को प्रतिनिधिसभा चुनावमा सोही क्षेत्रबाट जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए। स्थानीय तहको सोही वर्ष भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका साम्पाङ पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरी संघीय राजनीतिमा प्रवेशका संकेत दिइरहेका छन्।

पार्टीका महासचिव आरएन राईले साम्पाङको उम्मेदवारीबारे पुष्टि गर्दै भने,
“निर्वाचन लड्ने गृहकार्य भइरहेको छ, अध्यक्षज्यू नै उम्मेदवार बन्नुहुन्छ।”

सामाजिक अभियान र जनता–केन्द्रित गतिविधिमा सक्रिय साम्पाङले २०७९ को स्थानीय निर्वाचनमा २० हजार ८२१ मत प्राप्त गर्दै मेयरमा विजयी भएका थिए। सो चुनावमा नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मतसहित दोस्रो र नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाउँदै तेस्रो स्थान हासिल गरेका थिए।
साम्पाङ २०७६ को उपनिर्वाचनमा भने ४२२ मतमात्र पाएका थिए।

साम्पाङ प्रतिस्पर्धामा आउने भनिएको सुनसरी–१ क्षेत्रअन्तर्गत धरानका २० वटै वडा, बराहक्षेत्र नगरपालिका–१ देखि ५ र रामधुनी नगरपालिका–६ तथा ७ नम्बर वडाहरू पर्दछन्। राजनीतिक रूपमा नेकपा एमालेकाे बलियो धरातल मानिने यस क्षेत्रमा २०४८ देखि २०७४ सम्म विभिन्न एमालेका नेताहरू विजयी हुँदै आएका छन्।

यस क्षेत्रमा २०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्मा, २०६४ मा किरणकुमार राई, २०७० मा कृष्णकुमार राई र २०७४ मा जयकुमार राई विजयी भएका थिए।

 
 
 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved