धरानका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ले पायो आधिकारिकता, ‘माटो’ चुनाव चिन्ह तोकियो

  • कार्तिक १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  धरानका मेयर हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टी ले औपचारिक मान्यता प्राप्त गरेको छ। साम्पाङले आईतवार  निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गर्दै पार्टीको आधिकारिक यात्राको सुरुवात गरेका हुन्।

निर्वाचन आयोगले दर्ता स्वीकृत गरेको श्रम संस्कृति पार्टीलाई ‘माटो’ चुनाव चिन्ह तोकिएको छ। पार्टीमा २८ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्।

गत असोज १२ गते साम्पाङ आफैं निर्वाचन आयोग पुगेका थिए र औपचारिक दर्ताको निवेदन दिएका थिए। अहिले दलको प्रमाणपत्र पाएसँगै साम्पाङको नयाँ राजनीतिक अभियानले देशभर नयाँ चर्चा पाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved