राजनीति

    Showing १,६३१-१,६४० of १,९५९ items.
  • कांग्रेस प्रदेश एक अधिवेसन: चुनावमा उठाउने नेताले नै दिएनन् भोट

    विराटनगर/ नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत प्रदेश नं १ को चुनावमा पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार गुरुराज घिमिरे दुई मतले पराजित भए । उनलाई आफ्नै समूहका केन्द्रीय नेताले मत हालिदिएको भए गुरु दुई मतले विजयी बन्ने थिए । तर, निर्वाचनमा मताधिकारी प्राप्त गरेपनि चार जना केन्द्रीय नेताहरुले मत नहालेपछि घिमिरे पराजित बन्न पुगेको अहिले कांग्रेस समर्थकले सामाजिक संजालमा असन्तुष्टि पोखिरहेका छन् । घिमिरेलाई सभापति बनाउने समूहकै केन्द्रीय नेताले मत नहालेको भन्दै उनका समर्थक असन्तुष्ट बनेका हुन ।कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइराल

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • ७३३ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • अन्सारीद्वारा काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    धरान/ नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य डा अबुल हुसेन अन्सारीले प्रदेश नम्बर १ बाट काङ्ग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।उनले काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मुस्लिम कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । सुनसरी क्षेत्र नं. ४ (ख) मा भोक्राहा नरसिंह गाउँपालिका–४ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्र नं.४ को क्षेत्रीय अधिवेशनबाट उनी भारी मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि काङ्ग्रेससँग जोडिएको छ । डा अन्सारीका दाजु हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ (ख) का पूर

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १,१११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस प्रदेश नं १ को चुनाव सम्पन्न, दुई प्यानल बनाएर प्रतिस्पर्धा

    विराटनगर । विवादबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश १ को निर्वाचन सम्पन्न भएको छ । शनिबार ढिलो गरी मतदान शुरु भएको थियो । निर्वाचन समितिका अनुसार मत गणनता शनिबार बिहान ८ बजे कांग्रेस पार्टी कार्यालय मोरङमा हुनेछ । निर्वाचन समितिका अनुसार कूल एक हजार ८ सय ४ मतमध्ये एक हजार ७ सय ५२ खसेको छ । मतपत्रमा तीन जना उमेदवारको नाम छुटेपछि निर्वाचन शुरु हुन ढिलो भएको थियो । शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका थियो । तर मध्यान्ह सबा २ बजेमात्र मात्र मतदान शुरु भएको थियो । निर्वाचन समितिका प्रमुख भरत थापाले भने,“प्राविधिक त्रुटिका कारण तीन जना उमेदवारको नाम मतपत्रमा छुट्

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ७९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली कांग्रेस प्रदेश १ अधिवेशन: ‘गुटको धमिराले पार्टी खायो’

    विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय नेताले पार्टीलाई गुटगत राजनीतिले थिलथिलो बनाएकोले अब एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।नेपाली कांगे्रसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ का अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने नेताले लोकतन्त्रको संस्थागत विकासको लागि कांग्रेस भित्रको आन्तरिक एकता अधिक महत्वपूर्ण हुने बताए । अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब देश र जनताको भरोसा कांग्रेसमा केन्द्रीत भएकोले पार्टीभित्रको एकतालाई थप मजबुद बनाउनु पर्नेमा जोड दिए । “व्यवस्था परिवर्तन र लोकतन्त्रको आन्दोलनमा कांग्रेसको भूमिका जनताले देखेकै छन्, सिटौलाले भने,

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • १,३३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देउवाको भर्चुअल भाषण नसुन्न कार्यक्रम नै स्थगन

    विराटनगर/ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश नम्बर १ को प्रदेश अधिवेशनको उद्घाटन विराटनगरमा तय भएको थियो । दिउँसो २ बजेको लागि तय भएको कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट प्रतिनिधिहरु विराटनगर अस्पताल छेउको मैदानमा भेला भएका थिए । केन्द्रीय नेताहरु कतिबेला आउलान र कार्यक्रम शुरु होला भन्ने पर्खाइमा थिए ।समय घर्किदै साँझ परुन्जेलसम्म कार्यक्रम शुरु भएन । कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले कार्यक्रम केहीबेरमै शुरु हुने माइकबाट सूचना प्रसार गरिरहेका थिए । तर, एकाएक कार्यक्रम शुक्रबार बिहान ८ बजे हुने घोषणा भयो । कांग्रेसको नयाँ निर्वाचन तालिकाअनुसार बिहीबार अधिव

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ९७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस प्रदेश १ सभापतिमा गुरु घिमिरे र उद्धव थापा भिंड्ने, बाँकी पदाधिकारीमा उमेदवार घोषणा हुन बाँकी

    विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरेबीच सभापतिमा पदमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापा र रामचन्द्र पौडेल–डा. शेखर कोइरालाको समूहबाट गुरुराज घिमिरे उठ्ने तय भएको हो । संस्थापन पक्षले थापाले उमेदवारी दिने बुधबार निर्णय गरेको थियो । घिमिरेलाई उमेवदार बनाउन कोइराला–पौडेल समूहको बिहीबार विराटनगरमा बैठक बसेको थियो । सभापतिमा सुनसरीबाट यही समूहका राजिव कोइरालाले समेत दाबी गरेका थिए । तर, केन्द्रीय सदस्य डा. श

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १,२०९ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • कांग्रेस १४ औ महाधिवेशन : प्रदेश अधिवेशन बिहीबार, शनिबार निर्वाचन

    विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठकले अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो । प्रचार समितिका संयोजक राजिव कोइरालाका अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशसन उद्घाटन हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १,१२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस मोरङ अधिवेसन : षडयन्त्र भएको संस्थापन पक्षको आरोप

    विराटनगर/ नेपाली कांग्रेस मोरङको अधिवेशनमा षडयन्त्रमुलक ढंगले चुनावमा हराएको संस्थापन पक्षले आरोप लगाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संस्थापनका नेता अमृत अर्यालले शक्तिको दुरुपयोग गर्दै संस्थापनका उमेदवारलाई पराजित गरिएको आरोप लगाउँदै भने, “मलाई पनि तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याउनु भयो, बाहिरी चुनावी गतिविधि गर्न दिनु भएन, चुनाव सार्ने भनियो तर एकाएक चुनाव गर्ने भनियो, हामीले प्रतिनिधिलाई समेत खबर गर्न पाएनौं ।” अर्यालले कांग्रेसको चुनावमा गुटगत प्रभाव हावी भएको बताए । पार्टीको आन्तरिक निर्वाचन

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १,०८३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ कांग्रेसको सभापतिमा डिगबहादुर लिम्बू विजयी

    विराटनगर । नेपाली कांग्रेस मोरङ जिल्लाको सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।दोस्रो चरणमा भएको निर्वाचनमा १९०६ मत प्राप्त गरी लिम्बू विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दिलिप गच्छदारले १४२५ मत प्राप्त गरे । खसेको मध्ये २५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।लिम्बू कोइराला(पौडेल र गच्छदार देउवा-सिटौला खेमाबाट उमेदवार बनेका थिए । पहिलो चरणको निर्वाचनमा तीनमध्ये कोही उमेदवारको बहुमत नआएपछि दोस्रो चरणमा बुधबार निर्वाचन भएको थियो ।‌ अन्य पदाधिकारीको मत गणना भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ८५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पन्ध्र सय ८५ मतले रावललाई हराउँदै बने ओली पुनः एमाले अध्यक्ष

    सुनसरी । चितवनमा सम्पन्न १०औं महाधिशनमा पुनः केपी शर्मा ओलि अध्यक्षमा विजयी भएका छन् । महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रतिष्पर्धी भीम रावललाई १५ सय ८५ मतको फराकिलो अन्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा केपी शर्मा ओलीले १८ सय ८ मत प्राप्त गरेका थिए भने रावलले २ सय २३ मत प्राप्त गरेका छन् । ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ६५ कम हुन्छ । ६५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । एमालेमा सर्वसम्मति प्रयास असफल

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १,१५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved