अन्सारीद्वारा काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य डा अबुल हुसेन अन्सारीले प्रदेश नम्बर १ बाट काङ्ग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
उनले काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मुस्लिम कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

सुनसरी क्षेत्र नं. ४ (ख) मा भोक्राहा नरसिंह गाउँपालिका–४ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्र नं.४ को क्षेत्रीय अधिवेशनबाट उनी भारी मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

उनको पारिवारिक पृष्ठभूमि पनि काङ्ग्रेससँग जोडिएको छ । डा अन्सारीका दाजु हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ (ख) का पूर्वसभापति तथा भोक्राहा नरसिंह गाउँपालिका–४ मा काङ्ग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष हुन् ।

३० वर्षअगि सुनसरी सदरमुकाम इनरुवालाई केन्द्र बनाएर पत्रकारिता पेशामा सक्रिय अन्सारीले बङ्गलादेशबाट चिकित्साशास्त्रको अध्ययन पूरा गरेका हुन् । मुस्लिम समुदायका अग्रज नेताहरू जिल्ला अधिवेशनबाटै महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि र केन्द्रीय महाधिवेशन प्रतिनिधि गफार अन्सारी केन्द्रमा जान अनिच्छुक देखिएकाले प्रदेश १ बाट केन्द्रीय सदस्यका लागि आपूm उपयुक्त उम्मेदवार उनको दाबी छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निकट अन्सारीले केन्द्रीय नेताहरूको सल्लाह र परामर्शमा उम्मेदवारी घोषणा गरेको बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved