देउवाको भर्चुअल भाषण नसुन्न कार्यक्रम नै स्थगन

  • मंसिर १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश नम्बर १ को प्रदेश अधिवेशनको उद्घाटन विराटनगरमा तय भएको थियो । दिउँसो २ बजेको लागि तय भएको कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट प्रतिनिधिहरु विराटनगर अस्पताल छेउको मैदानमा भेला भएका थिए । केन्द्रीय नेताहरु कतिबेला आउलान र कार्यक्रम शुरु होला भन्ने पर्खाइमा थिए ।
समय घर्किदै साँझ परुन्जेलसम्म कार्यक्रम शुरु भएन ।

कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले कार्यक्रम केहीबेरमै शुरु हुने माइकबाट सूचना प्रसार गरिरहेका थिए । तर, एकाएक कार्यक्रम शुक्रबार बिहान ८ बजे हुने घोषणा भयो । कांग्रेसको नयाँ निर्वाचन तालिकाअनुसार बिहीबार अधिवेशन उद्घाटन गर्ने, शुक्रबार उमेदावरी दर्ता, उमेदवारी फिर्तासहितका प्रक्रिया सक्ने र शनिबार निर्वाचन गर्ने भन्ने थियो । अन्ततः प्रतिनिधि र सहभागी निरास भएर फर्किए ।

अधिवेशन उद्घाटन र आयोजनाको जिम्मेवारी मोरङ जिल्ला समितिको थियो । आयोजक समितिका संयोजक सभापति लिम्बूले पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले भर्चुअल भाषण सुनाउने भन्ने जानकारी प्राप्त भएको तर त्यसको व्यवस्थापन गर्न नसकिएपछि भोलिपल्टको लागि अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन् । तर कांग्रेसजनले इतर समूहका भएकोले लिम्बूले पार्टी सभापतिको भाषण सुनाउन नचाहेको बताएका छन् । लिम्बू दुई दिनअघि मात्र मोरङ सभापतिमा पौडेल–कोइराला समूहबाट विजयी बनेका हुन ।

अन्ततः कार्यक्रम नहुने भएपति मंचमै आएर नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ अधिवेशन आयोजक समितिका संयोजक एवम् पार्टी केन्द्रीय सदस्य कृष्ण सिटौलाले साँझ पौने पाँच बजे अधिवेशन उद्घाटन शुक्रबार बिहानसम्मको लागि स्थगन गरिएको घोषणा गरे । उनले भने, “केही व्यवस्थापकीय समस्याले गर्दा अधिवेशनको उद्घाटन समारोह स्थगित गर्नुपरेको हो ।”

चुनावी प्रक्रियामा सहभागी हुन प्रदेशका १४ जिल्लाबाट एक हजार ७ सय प्रदेश अधिवेशन प्रतिनिधि विराटनगरमा भेला भएका छन् । तीमध्ये अधिकांश अधिवेशन उद्घाटन स्थल पुगेका थिए । सिटौलाले शुक्रबार बिहान छोटो रूपमा अधिवेशनको उद्घाटन गरिने जानकारी दिए ।
मोरङ काङ्ग्रेसका सभापति लिम्बूले अधिवेशनको आयोजक समितिको बैठकमा अन्तिम बेलामा आएर सभापति देउवाले भर्चुअल भाषण गर्ने भन्ने विषयले प्रवेश पाएको र त्यसलाई व्यवस्थापन गर्न असम्भव भएको आफूले बताएको जानकारी दिदैं भने,“शुक्रबार पनि सभापति देउवाको भर्चुअल भाषण हुने वा नहुने भन्ने तय भएको छैन ।”

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved