नेपाली कांग्रेस प्रदेश १ अधिवेशन: ‘गुटको धमिराले पार्टी खायो’

  • मंसिर १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय नेताले पार्टीलाई गुटगत राजनीतिले थिलथिलो बनाएकोले अब एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
नेपाली कांगे्रसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ का अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने नेताले लोकतन्त्रको संस्थागत विकासको लागि कांग्रेस भित्रको आन्तरिक एकता अधिक महत्वपूर्ण हुने बताए ।

अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब देश र जनताको भरोसा कांग्रेसमा केन्द्रीत भएकोले पार्टीभित्रको एकतालाई थप मजबुद बनाउनु पर्नेमा जोड दिए । “व्यवस्था परिवर्तन र लोकतन्त्रको आन्दोलनमा कांग्रेसको भूमिका जनताले देखेकै छन्, सिटौलाले भने, “अब देश र गणतन्त्रको संस्थागत विकासको जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।” सिटौलाले पार्टीभित्र नेतृत्व चयन गर्ने लोकतान्त्रिक पद्धति भएको र तल्लो तहदेखि केन्द्रसम्म हुने अधिवेशनले पार्टीलाई नयाँ नेतृत्व अनि उर्जा प्रदान गर्ने बताए ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदारले कांग्रेस विचार बोकेको पार्टी भएकोले नेतृत्व परिवर्तन समयचक्र अनुसार भईरहेको बताउँदै सही र सबल नेतृत्वले नै पार्टी अनि देशलाई दिशाबोध गर्न सक्ने सुनाए ।

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मुलुकलाई कुन दिशामा अग्रसर गराउने भन्ने महाधिवेशनले मार्गनिर्देशन गर्नुपर्ने र सबैले सुझबुझ पूर्ण नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए । आचार्यले भने, “गुटबन्दीको धमिराले कांग्रेसलाई खाएको छ । अब पद, पैसा र सत्ताको प्रभावमा नेता चुन्ने प्रवृति त्याग्नु पर्छ । कांग्रेस कमजोर हुन्छ । देशमा सात वर्ष सरकार चलेको छ छैन् जनताले महसुस गर्न पाएका छैनन् ।” आचार्यले नेपाली कांग्रेसमा युवाहरु नेतृत्वको लागि तम्तयार भएर बसेको तर नेतृत्वले ढोका नखोदिंदा अन्योल बढेको जिकिर गरे ।

नेता बलबहादुर केसीले व्यवस्था जोगाउनको लागि पनि कांग्रेसभित्रको एकता र जीवन सवल हुनुपर्ने सुझाव दिदैं भने,“गणतन्त्र लामो समयपछि आयो तर संविधान बचाउने मूल जिम्मेवारीमा अहिले कांग्रेस उभिनु पर्ने अवस्था भएको छ । इतिहासमै कांग्रेस सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । के कुराले कमजोर भयो । गल्तीलाई र्छ ।” उनले कांग्रेसको धरातल गुटगत हिसाबले नभएर सिद्धान्तको बलमा निर्माण भएको इतिहास नभुल्न आग्रह गरे । उनले विधान अनुसार पार्टी चल्नुपर्नेमा त्यो हुन नसकेको आरोप लगाए ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व प्राप्त गर्ने र आन्तरिक जीवनसमेत सक्षम बन्ने दाबी गरे । उनले भने, “लोकतन्त्रका मूल खम्बाहरुलाई जगर्ने गर्ने अबको सम्पूर्ण जिम्मेवारी कांग्रेसको हो ।” कांग्रेस केन्द्रीय सदस्य तथा रक्षा मन्त्री मिनेन्द्र रिजालले नेतृत्व चयन लोकतान्त्रिक पद्धती भएकोले हारजितलाई आधार बनाएर तुष पालेर बस्न नहुने बताए । सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले देश र लोकतन्त्र रक्षाको खातिर कांग्रेसले ठूलो जिम्मेवारी बहन गर्ने बेला आएको बताए ।

नेतृ डा. डिला संग्रौलाले पार्टी संघीयता तर्फ फैलिएको भन्दै व्यक्तिवादी राजनीति भन्दा पनि संगठनलाई जोड दिनुपर्ने बताइन् । नेता गुरुराज घिमिरेले कांग्रेस इतिहास रचना गर्ने प्रयासमा रहेको बताउँदै लोकतन्त्रकै भविष्य संकटमा परेको बेला अझ भूमिका चालिनु पर्ने बताए । उनले भने, “कम्युनिष्टले लोकतन्त्र कमजोर बनाउन खोजेका छन् । हामीले रोक्नु पर्छ ।” उनले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउन नसक्दा युवाहरुको ठूलो पंक्ति राजनीतिबाट टाढा रहेको अनि पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताए । पार्टी परम्परागत ढंगले नचल्ने र अब क्रान्तिको आवश्यकता रहेको बताए ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved