कांग्रेस मोरङ अधिवेसन : षडयन्त्र भएको संस्थापन पक्षको आरोप

  • मंसिर १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ नेपाली कांग्रेस मोरङको अधिवेशनमा षडयन्त्रमुलक ढंगले चुनावमा हराएको संस्थापन पक्षले आरोप लगाएको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संस्थापनका नेता अमृत अर्यालले शक्तिको दुरुपयोग गर्दै संस्थापनका उमेदवारलाई पराजित गरिएको आरोप लगाउँदै भने, “मलाई पनि तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याउनु भयो, बाहिरी चुनावी गतिविधि गर्न दिनु भएन, चुनाव सार्ने भनियो तर एकाएक चुनाव गर्ने भनियो, हामीले प्रतिनिधिलाई समेत खबर गर्न पाएनौं ।” अर्यालले कांग्रेसको चुनावमा गुटगत प्रभाव हावी भएको बताए ।

पार्टीको आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढंगको व्यवहार प्रदर्शन भएको टिप्पणी गरे । “शक्ति र सामथ्र्यको अगाडि पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन खोज्नेहरुलाई योजनाबद्ध रुपमा पराजित गराइएको छ,” अर्यालले भने,“क्रियाशील सदस्यता वितरणबाट नै षडयन्त्र शुरु भएको थियो ।”

मोरङमा सभापतिमा डिगबहादुर लिम्बू विजयी बनेका छन् । संस्थापन पक्षका दिलिप गच्छदार पराजित भएका छन् । गच्छदारले आफूले पराजय स्विकार गरेको र आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएको सुनाए ।
पत्रकार सम्मेलनमा नेता अर्यालले प्रदेश १ को नेतृत्वको लागि बिहीबारसम्म सहमतिको प्रयास हुने र नभए संस्थापनको तर्फबाट उमेदवारी घोषणा हुने जानकारी दिए । प्रदेश १ का ६ जिल्लामा संस्थापन, ७ मा कोराइला–पौडेल र एक जिल्लामा कृष्ण सिटौला पक्षधर सभापति निर्वाचित भएका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved