समाचार

    Showing 9,761-9,770 of 10,062 items.
  • धरानमा लकडाउनको मोडालिटी परिवर्तन

    धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गए पछि धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ । केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा बसेको धरान उपमहानगरपालिका सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा अध्ययन गर्न समिती गठन गरेको थियो । पुर्व मेयर मनोज कुमार मेन्याङबोको संयोजकत्वमा बनेको समितीले साँझ ६ बजे सम्म बजार खोल्न प्रस्ताव पेश गरे पनि धरानको सुरक्षा समितीको बैठकले दिउँसो २ बजे सम्म मात्र बजार खुल्ने निर्णय गरेको छ । शनिबार बिहान धरान उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकहरु सहित प्रदेश तथा संघीय संसदहरु बिच भएको छलफलमा नगरपालिकालाई उ

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,475 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित समुदायको मुद्धामा केन्द्रित खोजपत्रकारिता तालिम सम्पन्न

    धरान । दलित समुदायका मुद्धाहरुले अझै पनि संञ्चारक्षेत्रमा स्थान पाउन नसकेको भन्दै धरानमा दलित समुदायका पत्रकारहरुलाई १ दिने दलित मुद्धामा खोजपत्रकारिता तालिम प्रदान गरिएको छ । घटना विषेश समाचारहरुले मात्रै स्थान पाउँदै आएकाले दलित समुदायका आर्थिक, सामाजिक, राजनितिक, शैक्षिक मुद्धाहरुमा पनि कलम चलाउन सुनसरीका दलित समुदायका पत्रकार सहित गैह्रदलित पत्रकारहरुलाई मुद्धा केन्द्रित तालिम प्रदान गरिएको हो । पिस मिडिया ग्रुप धरानको आयोजनामा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको संयोजनमा प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीको निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेटबाट तालिमको आयोजना गरिएक

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २४ घण्टामै थपिए ३२३ संक्रमित , संक्रमित संख्या ३२३५ पुग्यो

    काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थपिएका नयाँ संक्रमितहरु मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगडीको एक ५४ बर्षीय महिलाको समेत मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेका संख्या १३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,028 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमणबाट नेपालमा थप १ को मृत्यु , मृतकको संख्या १२ पुग्यो

      कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजानको ज्यान गएको छ । यो सगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको हो । नेपालगञ्जबाट जेठ १८ गते डोल्पा पुगेका उनको होम क्वारेन्टाइनमा रहेका अवस्थामा मृत्यु भएको हो ।जेठ २० गते मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले जनाएको छ । अहिले गाँउपालिकाका सबै नाका र गाँउ सिल गरिएका छ । मृतकसँगै जगदुल

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,370 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • म्यानमार र युएईबाट आएका ४२ जना चतरास्थित होल्डिङ एरियामा आइपुगे

    धरान प्लेन चाटर्ड गरेर बहिरी मुलुकबाट आएका मध्ये प्रदेश १ का ४२ जना प्रदेश सरकारले स्थापना गरेको चतरास्थित होल्डिङ एरियामा आइपुगेका छन् । आज बिहान राजधानीबाट आएका उनिहरु मध्ये २ जना म्यानमारबाट आएका हुन् भने ४० जना युएईबाट आएका हुन् । चतरास्थित रामानन्द पिठ सेवा आश्रमलाई प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाहरुको लागि होल्डिङ एरिया बनाएको छ । प्रदेश सरकारद्वारा गठित होल्डिङ तथा व्यवस्थापन उपसमितिका सदस्य रवि खनालका अनुसार उनिहरुलाई त्यँही राखेर सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइनउनिहरुलाई त्यँही राखेर सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइन बताए । उनिहरु धनकुटा र तेह्रथुम जिल्लाबाहेक प्रदेश १

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,343 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करणीको आरोपमा कर्मचारी पक्राऊ

    इलाम/ जबरजस्ती करणीको आरोपमा इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइन्जिनियर काजीमान राई पक्राउ परेकोे प्रहरीले जनाएको छ । एक महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप सबइन्जिनियर राईमाथि लागेको थियो । जेठ १४ गते बुधबार राती आफूमाथि जबरजस्ती करणी भएको भन्दै पीडितले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् । घटनापश्चात फरार राई कार्यालयमा समेत उपस्थित थिएनन् । प्रहरीले घटनाको ९ दिन पक्राउ गरेको हो । राईलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,019 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-७८ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि छलफललाई तीव्रता

    वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-७८ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि छलफललाई तीव्रता दिएको छ । नगरका सरोकारवाला, राजनीतिक दल, बुद्धिजीवि, व्यापारी, सहकारीकर्मीलगायतले नगरलाई नीति तथा कार्यक्रम ल्याउँदा सर्वाङ्गीण पक्षमा ख्याल गर्न अनुरोध गरेका छन् । भेलाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बजेट नीति तथा कार्यक्रम तथा बजेट विनियोजन गर्न अनुरोध गरेका छन् । भेलाले नगरका गौरवका योजनालाईसमेत प्राथमिकतामा राख्न आग्रह गरेको छ । नगरका योजना निर्माणमा विभिन्न पक्षहरुसँग संवाद र राय, सुझाव संकलन गर्ने क्रम जारी रहेको नगर प्रमुख निलम खनालले जानकारी दिए । बिहीबार बसेको सर्वपक्षीय

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एन्फाका संक्रमितसँगै बसेका ३ जनाको पुनः पिसिआर गरिने, बाँकी ४१ जनालाई डिस्चार्ज गरिदै

    धरान/ धरान स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा कोरोना संक्रमित युवासँगै एउटै कोठामा बसेका ३ जनाको पुनः पिसिआर परीक्षण गरिने भएको छ । यसअघि उनीहरुको रिपोर्ट नेगेटिभ आएपनि संक्रमित युवासगँ क्लोज कन्ट्याक रहेका कारण उनिहरुको पुन पिसिआर परीक्षण गरिने भएको हो । यस्तै, एन्फा क्वारेन्टाईनमै रहेका अन्य ४१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले उनिहरुलाई डिस्चार्ज गरिने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।महेताका अनुसार आज जम्मा १५ जनाको स्वाब संकलन गरिने भएको छ । क्वारेन्टाइनमा बसेका सबै भारतबाट आएका थिए । क्वारेन्टाइनमा रहेका ४५ जनाको बिहिबार स्वाब संकलन गरिएको थिय

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम घटनाका पीडितले न्याय नपाए आन्दोलनमा उत्रिने चेतावनी सहित नगरपालिका लाई ज्ञापन पत्र

    बराहक्षेत्र । रुकुम पश्चिममा भएको नरसंहारको विरुद्धमा यतिबेला देशका विभिन्न स्थानहरुमा प्रदर्शन भैरहेको छ। रुकुमको चौरजहारी नगरपालिका– ८ मा अन्तरजातीय प्रेमकै कारण ६ जनाको ज्यान लिएको घटनापछि प्राध्यापक, लेखक, पत्रकार, कलाकार लगायत धेरै सामाजिक अभियन्ताहरुले आवाज उठाउदै रुकुम हत्याकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै आएका छन। यसैबीच सुनसरीको बराहक्षेत्र नगरपालिकामा पनि रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका जाजरकोट रानागाउँका युवा नवराज विक लगायत ६ जनालाई कुटेर हत्या गरेकोमा यहाका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन। हत्यारालाई फासी दे, पी

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,170 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा किसानलाई रु ४५ करोडको राहत प्याकेज

    विराटनगर । कोरोना महामारीका कारण किसानलाई परेको असर–नोक्सानी सम्बोधन गर्न प्रदेश १ सरकारले राहत प्याकेज घोषणा गरेको छ । यो कोरोना राहत रु. ४५ करोडको हुनेछ । सरकारको वार्षिक नीति तथा कार्याक्रम प्रदेशसभामा आज प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले कोरोनाबाट विदेशमा रोजगारी गुमाएर फर्कने युवाहरुका लागि पनि वैदेशिक स्वरोजगारीमुलक परियोजना संचालन गर्ने घोषणा गरेका छन् । कोरोना महामारीका कारण तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले भन्दै कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको प्यासीले जनाए । भने,“विषयगत रुपमा स्वास्थ्य र कृष

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 1,094 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved