प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा किसानलाई रु ४५ करोडको राहत प्याकेज

  • जेठ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना महामारीका कारण किसानलाई परेको असर–नोक्सानी सम्बोधन गर्न प्रदेश १ सरकारले राहत प्याकेज घोषणा गरेको छ ।

यो कोरोना राहत रु. ४५ करोडको हुनेछ । सरकारको वार्षिक नीति तथा कार्याक्रम प्रदेशसभामा आज प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले कोरोनाबाट विदेशमा रोजगारी गुमाएर फर्कने युवाहरुका लागि पनि वैदेशिक स्वरोजगारीमुलक परियोजना संचालन गर्ने घोषणा गरेका छन् ।

कोरोना महामारीका कारण तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले भन्दै कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको प्यासीले जनाए । भने,“विषयगत रुपमा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने छ ।”

सरकारको नीति तथा कार्यक्रममा किसानका लागि रु. ४५ करोड राहत प्याकेज घोषणा गरिएको छ । कोभिड १९ कारण विश्वका विभिन्न भागबाट रोजागरी गुमाई प्रदेशका फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना संचालन गर्नेसमेत सरकारले तयारी गरेको छ ।

रोजगारी गुमाएर आउने विदेशबाट युवालाई उत्पादनीश, उद्योग तथा भौतिक विकासमा उच्च प्राथमिकता दिदैं शिक्षा,सुरक्षा र सुशासनलाई उचित प्रबन्ध गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश १ का करिब २ लाखसम्म युवा फर्कन सक्नेका आँकलन गर्दै यसरी फर्कने वा चाहनेका लागि रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने छ ।

“वैदेशिक रोजगारी गुमेका र यहींका बेरोजगारलाई कृषि कर्मको लागि तथा अनुभवयुक्त मानव पूँजी र आत्मविश्वासलाई पुर्नताजगी गर्न स्थानीय तह, सहकारी, निजी क्षेत्र र स्विस विकास कोरोना पुर्नउत्थान कोषमार्फत समेटिने छ,” प्रदेश प्रमुख प्यासीले भने,“मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि मेरो पौरख कार्यान्वयन गर्दै रोजगारीका लागि थप अवसर खोलिने छ ।

प्राकृतिक स्रोतको सम्भाव्यता हेरी एक जिल्ला एक उद्योग खोल्न अध्ययन र कार्यान्वयनमा दोहोरोपना आउन नदिन सार्वजनिक निजी साझेदारी प्रक्रिया अघि बढाइने छ ।”

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved