काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थपिएका नयाँ संक्रमितहरु मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ ।
डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगडीको एक ५४ बर्षीय महिलाको समेत मृत्यु भएको छ ।
यो सगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेका संख्या १३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै नेपालमा निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।