करणीको आरोपमा कर्मचारी पक्राऊ

  • जेठ २४, २०७७
  • "भगीरथ भण्डारी "
alt प्रतीकात्मक तश्वीर

इलाम/ जबरजस्ती करणीको आरोपमा इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइन्जिनियर काजीमान राई पक्राउ परेकोे प्रहरीले जनाएको छ ।

एक महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप सबइन्जिनियर राईमाथि लागेको थियो । जेठ १४ गते बुधबार राती आफूमाथि जबरजस्ती करणी भएको भन्दै पीडितले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् ।

घटनापश्चात फरार राई कार्यालयमा समेत उपस्थित थिएनन् । प्रहरीले घटनाको ९ दिन पक्राउ गरेको हो ।

राईलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यता गाउँपालिकालाई भने यस विषयमा कुनै जानकारी नआएको माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए । ‘अहिलेसम्म आधिकारिक रुपमा गाउँपालिकामा कुनै जानकारी आएको छैन’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘आधिकारिक जानकारी आएपछि कानुनी व्यवस्था बमोजिम प्रक्रिया अगाडी बढाउनेछौं ।’

राई हाल माङसेबुङ गाउँपालिका ६ नम्बर वडा कार्यालयमा कार्यरत थिए । तत्कालिन बाँझो गाउँ विकास समितिको असिस्टेन सब इन्जिनियर पदमा कार्यरत राई स्थानीय तह पुनर्संरचना पश्चात बनेको ६ नम्बर वडा कार्यालयमा कार्यरत थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved