एन्फाका संक्रमितसँगै बसेका ३ जनाको पुनः पिसिआर गरिने, बाँकी ४१ जनालाई डिस्चार्ज गरिदै

  • जेठ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा कोरोना संक्रमित युवासँगै एउटै कोठामा बसेका ३ जनाको पुनः पिसिआर परीक्षण गरिने भएको छ ।

यसअघि उनीहरुको रिपोर्ट नेगेटिभ आएपनि संक्रमित युवासगँ क्लोज कन्ट्याक रहेका कारण उनिहरुको पुन पिसिआर परीक्षण गरिने भएको हो ।

यस्तै, एन्फा क्वारेन्टाईनमै रहेका अन्य ४१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले उनिहरुलाई डिस्चार्ज गरिने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
महेताका अनुसार आज जम्मा १५ जनाको स्वाब संकलन गरिने भएको छ ।

क्वारेन्टाइनमा बसेका सबै भारतबाट आएका थिए । क्वारेन्टाइनमा रहेका ४५ जनाको बिहिबार स्वाब संकलन गरिएको थियो । तीमध्ये ४४ जनाको नेगेटिभ रिपोर्ट आएको थियो भने एक जनाको पोजेटिभ आएको थियो ।

संक्रमित युवालाई हिजो रातिनै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा लगिएको छ ।

एन्फा क्वारेन्टाइनमा हिजो मात्रै थप ७ जना आएका छन् भने आज ५ जना आउने बताइएको छ ।

उनीहरु सबैको आजै स्वाब संकलन गरिने वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । उनले भने, ‘३ जनाको फेरि स्वाब कलेक्सन हुन्छ, थपिएका १२ जनाको पनि कलेक्सन गछौं’

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved