दलित समुदायको मुद्धामा केन्द्रित खोजपत्रकारिता तालिम सम्पन्न

  • जेठ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दलित समुदायका मुद्धाहरुले अझै पनि संञ्चारक्षेत्रमा स्थान पाउन नसकेको भन्दै धरानमा दलित समुदायका पत्रकारहरुलाई १ दिने दलित मुद्धामा खोजपत्रकारिता तालिम प्रदान गरिएको छ ।
घटना विषेश समाचारहरुले मात्रै स्थान पाउँदै आएकाले दलित समुदायका आर्थिक, सामाजिक, राजनितिक, शैक्षिक मुद्धाहरुमा पनि कलम चलाउन सुनसरीका दलित समुदायका पत्रकार सहित गैह्रदलित पत्रकारहरुलाई मुद्धा केन्द्रित तालिम प्रदान गरिएको हो ।

पिस मिडिया ग्रुप धरानको आयोजनामा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको संयोजनमा प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीको निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेटबाट तालिमको आयोजना गरिएको हो । तालिमको सहजिकरण प्रदेशका अग्रज पत्रकार गणेश लम्सालले सहजिकरण गरेका थिए ।

तालिमका सहभागि पत्रकार भोजराज श्रेष्ठले समुदायले आफैले पनि मुद्धालाई उजागार गर्नुपर्ने बताए । बजारमा बिक्ने किसिमको समाचारहरु लेखिएमा पत्रपत्रिकामा स्थान पाउने उनले बताए ।
तालिममा सुनसरीका दलित समुदाय तथा गैह्रदलित समुदायका करिब २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

तालिमले दलित सवाल र समस्यालाई उजागार गर्न टेवा पुग्ने विश्वास लिइएको छ । छुवाछुतका घटनाहरु मात्रै समाचार बन्ने प्रवृत्तिले मुखय मुद्धाहरु ओझेलमा परेकै कारण विभेदका घटनाहरु भइरहेकाले मुद्धा केन्द्रित तालिमको आयोजना गरिएको संघका सुनसरी जिल्ला अध्यक्ष दिनेश गजमेरले बताए ।

तालिममा सुनसरीको इटहरी, धरानका विभिन्न सञ्चारक्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved