धरानमा लकडाउनको मोडालिटी परिवर्तन " दिउँसो २ बजे सम्म बजार खुल्ने"

  • जेठ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गए पछि धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ ।

केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा बसेको धरान उपमहानगरपालिका सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा अध्ययन गर्न समिती गठन गरेको थियो । पुर्व मेयर मनोज कुमार मेन्याङबोको संयोजकत्वमा बनेको समितीले साँझ ६ बजे सम्म बजार खोल्न प्रस्ताव पेश गरे पनि धरानको सुरक्षा समितीको बैठकले दिउँसो २ बजे सम्म मात्र बजार खुल्ने निर्णय गरेको छ ।

शनिबार बिहान धरान उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकहरु सहित प्रदेश तथा संघीय संसदहरु बिच भएको छलफलमा नगरपालिकालाई उद्योग वाणिज्य संघ बिच बैठक बसि निर्णय गर्न म्याण्डेट दिएको थियो । सोही अनुसार बसेको बैठकले २ सिफ्टमा बजार खुलाउने निर्णय गरेको छ ।

बैठकले तरकारी र खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अन्य पसलहरु खोल्न पाउनेछ ।

तर, सामाजिक दुरी कायम नहुने ब्युटीपार्लर, सैलुन, होटलहरु भने खोल्न नपाइने बैठकको निर्णय छ । खुलेका पसलहरुले अनिवार्य सुरक्षा अपनाउनु पर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए ।

बैठकले बैंक तथा बित्तिय संस्थाहरु प्रत्येक दिन नै खोल्ने निर्णय पनि गरेको छ भने टेम्पो, सफारीहरु संचालन नगर्ने निर्णय गरेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved