काठमाडौं । स्थानीय तहले पुर्वाधार विकाश साझेदारी कार्यक्रममा खर्च गर्न नसकेको रकम कोभिड १९ व्यवस्थापनका लागि खर्च गर्न सक्ने सरकारले निर्णय गरेको छ । सरकारले स्थानीय पुर्वाधार विकाश साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गरी खर्च नभएको रकम कोभिड १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित स्थानीय तहमा कोभिड १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय भएको बताए । मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार अ
आज थप ४२६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४०२ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुनसरी/ वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई डा. सूर्यनारायण मेहताले औषधि हस्तान्तरण गरेका हुन् । औषधिमा च्यावनप्राश, गुर्जो, अश्वगन्धा चुर्ण, जडिबुटी चियालगायत होमियोप्याथिक औषधि रहेको डा. मेहताले जानकारी दिनुभयो । ६० जनालाई पुग्ने आयुर्वेदिक औषधि हाल हस्तान्तरण गरिएको छ । औषधि सेवनले क्वारेन्टिनमा बसेकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति मजबुत बनाउने र मनोवैज्ञानिक रूपमा दृढ बनाउने डा. मेहताले बताउनु भयो
धनकुटा । तेह्र वर्षिय बालिकालाई पटक पटक यौन शोषण गर्दै आएका धनकुटाका एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत धनकुटाले आदेश दिएको छ । धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै य
धनकुटा/ धनकुटा नगरपालिकाले ४२ घरधुरी किसानहरुलाई होम बायो ग्याँस प्रविधि वितरण गरेको छ । स्मार्ट भिलेज कार्यक्रम अन्तरगत धनकुटानगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगर क्षेत्रका ४२ घरधुरी किसानहरुलाई होम बायो ग्याँस प्रविधि वितरण गरेको हो । धनकुटा नगरपालिकामा नमुना गाँउ बनाउनका लागि स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भइरहेको छ । सोही कार्यक्रम अन्तरगत कार्बन उत्सर्जन कम गरी वातावरण जोगाई नमुना गाँउ निर्माणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरी ग्याँस उत्पादन गर्न मिल्ने सजिलो प्रबिधि होम बायो ग्याँस प्रबिधि २० लाख बराबरको ९५ प्रतिशत अनुदानमा ४२ वटा होम बायो
काठमाडौं । कोभिड १९ का कारण दुवईको युएईमा समस्यामा परेका नेपालीहरु शुक्रबार बिहान नेपाल फर्किएका छन् । नेपाल एयरलाइन्सको २२९३ विमान मार्फत युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका हुन् । युएईको स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजे नेपाल एयरलाइन्स उडानबाट उनीहरु स्वदेश फर्किएका हुन । स्वदेश फर्कनेहरुमा अधिकांश महिला रहेको विमानमा एक नेपालीको शवसमेत रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई नै शुक्रबार नेपाल पठाइएको हो । स्वदेश फर्किएका मध्ये आबुधाबीबाट मात्रै ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीलाई सम
धरान बिहिबार धरानमा नाटक घर शिलन्याश भएको छ । संघीय सासंद जयकुमार राईले धारन ८ स्थित सभागृह परिसरमा नाटक घरको शिलन्यास गरेका हुन् । लामो विावादका कारण अल्झीएको नाटकघरको काम पाँच बुदे सहमति पछि आज शिलन्यास भएको हो । स्थानीयबासीले खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्षमा विनियोजन भएको संसदिय बिकास कोषको सांसदको कोषबाट रु ४० लाख बजेट फ्रिज हुने सम्भावना बढेपछि उपमहानगरको पहलमा स्थानीयसँग सहमति भएको थियो । विवाद सुल्झिएपछि नाटक घर शिलान्यास कार्यक्रम सम्पन्न भएको सचिव अरुण कुमार प्रधान बताए । अग्रज कलाकार निर्देशक प्रे
धरान / धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी झापाका २७ वर्षका पुरुष हुन् । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११५ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ७२ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
धरान । धरान उमहानगरपालिका वडा नम्बर ६ निवासी वर्ष २८ को विरामी भई थलिएका जगदीस राई(गोरे) लाई आर्थिक समस्याको बावजुद धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार शुरु गरिएको छ । असक्त एवम् दीर्घरोगी भएर घरैमा १० दिन भन्दा वढी थलिएका राईलाई धरानका समाजसेवी दिपक वनेपाली,प्रतिष्ठानका, मानसिक रोग विभागका विशेषज्ञ डा मधुर वस्नेत, प्रतिष्ठानकै न्यरो सर्जन विभाग प्रमुख डा आलोक दाहाल, धरान १८ का वडाध्यक्ष प्रवीन कुमार राई, अग्रज पत्रकार जनकक्रषि राई,पत्रकार देवन्द्र कार्की ,फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष एवम् नेकपा धरान नगर सदस्य विकास चाम्लिङ राई, नेपाल पत्रकार महासंघ सुनसरी सदस्य धिर
आज थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् । उनका अनुसार कैलालीका गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुष र कैलाली लम्किचुवाकी ४३ बर्षीय एक महिलाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार थप २ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित