यौन शोषण गर्ने शिक्षक मदन अधिकारी सहित ४ जना पुर्पक्षको लागि थुनामा

  • असार ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा । तेह्र वर्षिय बालिकालाई पटक पटक यौन शोषण गर्दै आएका धनकुटाका एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत धनकुटाले आदेश दिएको छ ।

धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै यौन शोषण गरेकाले मुद्दा पनि अलग–अलग नै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए ।
चार जनाले धनकुटा वडा नं. ६ कै १३ वर्षीया बालिकालाई लामो समयदेखि यौन शोषण गर्दै आएका थिए । उनको स्वास्थ्य जाँच गर्दा ६ महिनाको गर्भ रहेको रिपोर्ट आएको छ । बालिकालाई अहिले पुनस्र्थापना केन्द्र धनकुटामा राखिएको छ भने प्रहरीले चारै जनालाई जबर्जस्ती करणी महलअन्तर्गत कारवाहीको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved