धरान बिहिबार धरानमा नाटक घर शिलन्याश भएको छ । संघीय सासंद जयकुमार राईले धारन ८ स्थित सभागृह परिसरमा नाटक घरको शिलन्यास गरेका हुन् ।
लामो विावादका कारण अल्झीएको नाटकघरको काम पाँच बुदे सहमति पछि आज शिलन्यास भएको हो ।
स्थानीयबासीले खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्षमा विनियोजन भएको संसदिय बिकास कोषको सांसदको कोषबाट रु ४० लाख बजेट फ्रिज हुने सम्भावना बढेपछि उपमहानगरको पहलमा स्थानीयसँग सहमति भएको थियो । विवाद सुल्झिएपछि नाटक घर शिलान्यास कार्यक्रम सम्पन्न भएको सचिव अरुण कुमार प्रधान बताए ।
अग्रज कलाकार निर्देशक प्रेम सुब्बाको संयोजकत्वमा बन्ने नाटक घर परम्परागत शैलीको निर्माण हुने नाटक घर २ कठ्ठा क्षेत्रफलमा बन्न लागेको हो । २ तले बन्ने नाटक घरको भित्री भाग भने आधुनिक बन्ने भएको छ , जसमा प्रकाश, ध्वनिको उच्चतम प्रविधिको प्रयोग गरिने भएको छ निर्माण समितिका सचिव प्रधानले बताए । उनका अनुसार डिपिआर तयार भैसकेको नाटक घरको निर्माण लगानी कारीव ५ करोड रहेको र भने तीन बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हो ।
संघिय सांसद जयकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रमको सभापतित्व धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले गरेका थिए भने कार्यक्रममा उपप्रमुख मन्जु भण्डारी सुवेदी ,प्राध्यापक डाक्टर टंक न्यौपाने, २० वटै वडाका वडाध्यक्षहरु , बिभिन्न राजनीतिक दलका नेताहरु , बुद्दीजिवी हरु, कलाकारहरु पत्रकारहरु , खेलाडी लगयत बिकास प्रेमिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख भण्डारी ले यो नाटक घर निर्माणमा धेरै बिबाद , प्रसव पिडा लाई बिर्सिएर आज यो शिलान्यास को दिन आएको भन्दै अब सबै तितामिठा कुराहरु सकिएको ,बिकास को अध्यायको कोशे ढुङ्गा सावित भएको बताइन । अब बन्ने नाटक घर सबै खाले कला सिर्जना ,क्षमता भएका कलकारहरुको सँगम स्थल रहेको बताइन् । उनले आफ्नो स्थानिय सरकारको आयु २ बर्षमात्र भएकोले आफ्नै पालामा यो योजना पुरागर्ने पहल गर्ने बताइन् ।
भण्डारीको स्वागत मन्तव्य पछी , प्रमुख अतिथी संघिय सांसद राईले भवन निर्माण स्थलमा गएर पुरोहित का अनुसार पूजापाठ गरेर शिलान्यास गर्नु भएको थियो ।
शिलान्यास कार्यक्रम पछी औपचारिक कार्यक्रममा बोल्दै राइले हामीले हरेक निर्वाचन मा कलाकारको बारे चर्चा गर्छौ , कलाकार को शहर भन्छौ तर कलाकारको लागि केही गर्न सकेनौ , सम्मान गर्न नसकेको उनको भनाइ थियो । आर्थिक बर्षमा थुप्रै निवेदनको चाङ्ग भएपनी , हाम्रो पार्टी भित्र धेरै छलफल भएपछी घोषणा पत्रमा भएअनुसार, स्थानिय सरकार नगर प्रमुख , उप प्रमुख ,सङ्ग छलफल भएर नै यो बिषयमा बजेट बिनियोजन गरेको बताए । साथै यो बजेट मात्र पर्याप्त नहुने भएकाले आवश्यक बजेटको लागि स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकार सङ्ग पनि पहल गर्ने उनले बताए । साथै ६० ७० लाख बजेट बिनियोजन गर्ने इच्छा भएपनी क्षेत्र धेरै भएकोले आफुले पाएको क्षेत्र बिकास कोस को ६ करोड बजेट सबैलाई समानुपातिक बितरण गर्नु पर्दा ४० लाखमात्र दिन सकेको बताए ।
कार्यक्रमका सभापति तथा नगर प्रमुख तिलक राईले धरान को बिकासको लागि हामी सबैको साथ रहेको भन्दै कहाँ ठीक बेठिक भएको छ भनेर नगरवासिले खबरदारी गर्न मलाई पठाएको भन्दै त्यो अबिभारा जिम्मेवारी जिम्मेवारि आफुले पुरा गरिरहेको दावी गरे । यहाँको राजनीतिक दल, स्थानिय सरकार , प्रदेश सरकार हामी एकसाथ भएकै कारण बिकासमा सहज भएको छ । हामी सङ्ग पर्याप्त सार्वजनिक जग्गा नभएकै कारण यस्ता भवनहरु बनाउन नसकेको उनले स्विकार गरे । हामी एउटै भवनमा हतेमालो गरेर मिलेर बस्नुको विकल्प नरहेको भन्दै धरान संगीत प्रतिष्ठान , धरान प्रज्ञा प्रतिष्ठान लगायत कला सङ्ग जोडीएका संस्था हरु मिलेर एकै ठाउमा बस्न पनि मेयर राईले सबैलाई आग्रह गरे ।