धरान / धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १ जना संक्रमित डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनी झापाका २७ वर्षका पुरुष हुन् ।
प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११५ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ७२ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।