आज थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।
उनका अनुसार कैलालीका गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुष र कैलाली लम्किचुवाकी ४३ बर्षीय एक महिलाको मृत्यु भएको हो ।
प्रवक्ता गौतमका अनुसार थप २ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११८६ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।