दुबईबाट १ सय ४८ जना नेपाल फर्किए

  • असार ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । कोभिड १९ का कारण दुवईको युएईमा समस्यामा परेका नेपालीहरु शुक्रबार बिहान नेपाल फर्किएका छन् ।

नेपाल एयरलाइन्सको २२९३ विमान मार्फत युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका हुन् । युएईको स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजे नेपाल एयरलाइन्स उडानबाट उनीहरु स्वदेश फर्किएका हुन ।

स्वदेश फर्कनेहरुमा अधिकांश महिला रहेको विमानमा एक नेपालीको शवसमेत रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई नै शुक्रबार नेपाल पठाइएको हो ।

स्वदेश फर्किएका मध्ये आबुधाबीबाट मात्रै ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीलाई सम्बन्धित एयरलाइन्सहरुले विमानस्थलसम्म ल्याइदिएका थिए ।

नेपाल फर्किएकाहरु नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेर आएका हुन ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved