आज थप ४२६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८२७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमित मध्ये८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २१६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४०२ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।