विराटनगर । क्रमभंग होइन क्रमैसंग जस्तो मात्र भएको कांग्रेसले टिप्पणी गरेको छ । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बजेट नयाँ ढंगले नआएको टिप्पणी गरे । “पार्क र पार्टी पौवामात्र हो पर्यटन, संस्कृति, संस्कार होइन र पर्यटन ?,”कार्कीले भने,“विभिन्न जातिको संस्कार र संस्कृतिलाई सम्वद्र्धन गरेर जाने उल्लेख गरेको छैन् । । होमस्टे कसको संस्कृति झल्किएर जाने जस्ता विषयमा पनि बजेट मौन छ ।”कार्कीले पर्यटन नयाँ अनुभव, नयाँ दृश्य र नयाँ तर
विराटनगर, १५ असार । प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्
धरान । विगत ६ वर्ष देखि धरानको वडा नम्बर ६ स्थित पानवारीमा राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई महोत्सवको आयोजना गरिदै आएको थियो । तर यस वर्ष कोरोना संक्रमण र लकडाउनका कारण रोपाई महोत्सव हुन पाएन् । बेठी लगाएर मनाएर मनाइने महोत्सवले कृषकहरुमा पनि उर्जा प्रदान गथ्र्यो अनि रोपाई शुरु भएको आभाष हुन्थ्यो, महोत्सवमा विशेष आकर्षण विद्यार्थीहरुको हुन्थ्यो, लोप हुँदै गएको बेठी, धान रोपाई, हिलोमा खेल्दै परम्परागत रुपमा गरिने रोपाईको जात्रामा । तर यस वर्ष पानवारीवासीमा कुनै असार १५ को चटारो देखिएन, मकैबालि अझै पनि नउठ्दा रोपाईको कुनै पनि तयारी थिएन् । अघिल्लो वर्षहरुमा रोपाई महोत्सव गर्दै रोपाई हुने
विराटनगर । प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा प्रदेशसभामा उठेका प्रश्नबारे राज्यमन्त्री अम्मिरबाबु गुरुङले जवाफ दिएका छन् । उनले एकद्वार प्रणालीबाट नै योजना छनोट गरिने बताउँदै सांसदहरुले छनोट गरेका योजनालाई मन्त्रालयले कटौती नगरेको दाबी गरे । भने,“विशेषत स्रोत सुनिश्चित भएका योजना नै हाम्रो प्राथमिकता हो ।” मन्त्री गुरुङले उपभोक्ता समिति ठेकेदारले आफैले नै बनाएर काम गर्ने गरेको जानकारी मन्त्रालयले प्राप्त गरेको र त्यसबारे छानबिन शुरु भएको सदनलाई जानकारी गराए । भने,“एक दुईवटा जिल्लामा यस्तो काम हुने गरेको र यसबारे मुख्यम
विराटनगर । नेकपा प्रदेश १ की सांसद सरिता थापाले हावा चल्दा र पानी पर्दा बिजुली जाने परिपाटीले उज्यालो प्रदेशको सपना साकार नहुने बताएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले भनिन्,“धेरै स्थानमा हावा चल्दा र पानी परेर बिजुली जाने गर्छ । पहाडी क्षेत्रमा पनि समस्या छ ।” उनले सुनसरीको दुहबी प्रसारण लाइनको क्षमता १४ मेघावाटको रहेकोले समस्या भएको बताइन । उनले प्रसारण लाइन विस्तार र क्षमता अभिवृद्धिमा ध्यान दिइनु पर्ने बताइन । संखुवासभा, तेह्रथुम र भोजपुरबाट पनि विद्युत उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तर क्षमता भने नबढाइएको सांसाद थापाले बताइन । भनिन्,&rdqu
विराटनगर । धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रापाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए । पराजुलीले भने,“प्रमुख बालीको रुपमा धानखेती नै भएकोले पनि असार १५ को विशेष महत्व छ ।” उनले किसानले मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक गर्ने महिना नै असार भएको बताए । महानगरकी उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल,कर्मचारी तथा स्थानीयले खेतका गह्रामा पसेर सामूहिक रोपाईं र रमाइलो गर्दै विराटनगरमा धान दिवस मनाएका छन् । खापटोलका स्थानीयवासीले उत्साहसाथ रोपाईंमा साथ दिएका
भोजपुर/ भोजपुर अरुण गाउँपालिका ३ प्याउली स्थित कर्णबहादुर कार्कीको घरमा आगलागी हुदाँ उनको ३ बर्षीय नातिनिको बिषणुमायाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यलय भोजपुरका अनुसार आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा उनको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा रातिनै उनको मृत्यु भएको हो । प्रहरीका अनुसार विद्युत् चुहावटको कारण घरमा आगलागी हुदाँ घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ
धरान। मुलुकभर धान रोपाइँ गरी दहीचिउरा खाने र हिलो खेली रमाउँदै रोपाइँ उत्सव गर्ने चलन छ । असार १५ लाई धान रोप्ने दिवशको रुपमा पनि केही बर्ष देखि मनाउन थालिएको छ । कृषि प्रधान देश नेपालका अधिकांश जनताको प्रमुख पेशा कृषि हो । नेपाली कृषि उपजमा धानको उत्पादन महत्वपूर्ण छ । धान देशवासीको प्रमुख खाद्यान्न बाली हुनुका साथै सामाजिक तथा साँस्कृतिक अर्थ बोकेको अन्न पनि हो । पूजापाठ गर्दा अक्षता लगाउँदा देवस्थलमा चढाउँदा भिक्षा दिंदादेखि पिण्डदान गर्दासमेत धानचामलकै आवश्यकता पर्दछ । धेरै प्रकारका रैथाने धान पाइने र हरेक नेपालीको आवश्यकता पूरा गर्ने अन्नबालीको रुपमा रहेको हुँदा धानको संरक्षण र सम्वद्र्
धनकुटा, १५ असार ÷धनकुटामा पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । मुलुकको ५७ औं र प्रदेश १ को ११ औं जिल्लाका रुपमा धनकुटामा स्वास्थ्य बीमा सुरु गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडा नं. ७ का जेष्ठ नागरिक शंकर दाहाललाई स्वास्थ्य बीमा परिचय–पत्र प्रदान गरी सेवा सुरुवात गरेका छन् । जिल्लाभर स्वास्थ्य बीमा दर्ता सेवा सुरु गर्न ६० वटै वडाका बीमा दर्ता सहयोगीहरुलाई तालिम प्रदान गरिएको छ । अब तालिम प्राप्त प्रतिनिधिहरु गाउँ–गाउँमा गएर स्वास्थ्य बीमा सम्बन्धि जानकारी गराएर बीमा गराउने अभियान सुरु गर्ने धनकुटा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोजराज भण्डार
इलाम । इलाममा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । माइ नगरपालिका–३ का २७ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवक असार ३ गते भारतको गुजरात हुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै इलाममा कोरोना संक्रमितको संख्या ८ पुगेको स्वास्थ्य कार्यालय इलामका कोभिट १९ संयोजक विमल बरालले जानकारी दिनुभयो ।