भोजपुर/ भोजपुर अरुण गाउँपालिका ३ प्याउली स्थित कर्णबहादुर कार्कीको घरमा आगलागी हुदाँ उनको ३ बर्षीय नातिनिको बिषणुमायाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यलय भोजपुरका अनुसार आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा उनको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा रातिनै उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार विद्युत् चुहावटको कारण घरमा आगलागी हुदाँ घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।