धरान रोपाई महोत्सव लकडाउनले प्रभावित "पानवारीमा शुरु भएन रोपाई"

  • असार १५, २०७७
  • "दिनेश गजमेर"
alt

धरान । विगत ६ वर्ष देखि धरानको वडा नम्बर ६ स्थित पानवारीमा राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई महोत्सवको आयोजना गरिदै आएको थियो । तर यस वर्ष कोरोना संक्रमण र लकडाउनका कारण रोपाई महोत्सव हुन पाएन् ।

बेठी लगाएर मनाएर मनाइने महोत्सवले कृषकहरुमा पनि उर्जा प्रदान गथ्र्यो अनि रोपाई शुरु भएको आभाष हुन्थ्यो, महोत्सवमा विशेष आकर्षण विद्यार्थीहरुको हुन्थ्यो, लोप हुँदै गएको बेठी, धान रोपाई, हिलोमा खेल्दै परम्परागत रुपमा गरिने रोपाईको जात्रामा ।

तर यस वर्ष पानवारीवासीमा कुनै असार १५ को चटारो देखिएन, मकैबालि अझै पनि नउठ्दा रोपाईको कुनै पनि तयारी थिएन् । अघिल्लो वर्षहरुमा रोपाई महोत्सव गर्दै रोपाई हुने खेतहरुमा भर्खर पानी लगाइएको थियो । केही खेतहरुमा भर्खर बिउँ काट्न थालेका थिए, केही आलि सम्याउँने । पानवारीलाई करिब डेढ घण्टा लगाएर फन्को मार्दा स्थानीय डम्बर देवान भने ३ गराको खेतमा रोपाई गर्दै थिए ।
असार १५ लाई विशेष रोपाई शुरु गर्ने दिनको रुपमा मानिन्छ, कृषकहरुले खेतमा पुजा गर्दै धान रोपाई शुरु गर्छन् । तर पानवारीमा यस वर्ष रोपाईको हर्षोल्लास रहेन । मुरी रोपेर पाथी फलाउनका लागि कृषकहरु असार १५ देखि धान रोपाई शुरु गर्छन् । तर सुनसरीको धरान उपमहानगरपालिकाले धान जोनको रुपमा घोषणा गरेको धरान ६ स्थित पानबारीका कृषकहरु भने भर्खर मात्रै तयारीमा देखिन्छन् ।

धरान उपमहानगरपालिकाले ६ नम्बर वडालाई कृषि क्षेत्र घोषणा गरेको छ । विशेष गरि उत्कृष्ठ धान खेती हुने भएकाले ६ नम्बर वडाको पानवारीलाई धानको पकेट क्षेत्र बनाएको छ । यस वर्ष कोरोनाको संक्रमण र लकडाउनका कारण समयै मल, बिउँ नपाउँदा पनि रोपाईनै ढिलो हुने भएको छ भने मकैबालि उठाउन नपाउँदा पनि धान खेती ढिलो हुने भएको हो ।

समय र अवश्थाले गर्दा धान खेती ढिलो भएको स्थानीय कृषक डम्बर देवान बताउँछन् । ‘कोरोना संक्रमण, लकडाउनका कारण समयमै बिउँ पनि पाइएन्, मल पनि भएन, त्यही भएर ढिलो भयो’, उनले भने, शुरुवात मात्रै गरौं भनेर असार १५ बाट शुरु गरेको हो ।’

एका तिर मल, बिउँ नपाएको समस्या रहेको छ भने अर्को तिर चैत ११ गते देखि शुरु भएको लकडाउनमा कृषकहरुले अधिकांश धान खेती हुने क्षेत्रमा मकै लगाए । ढिलो गरि लगाएको मकैबाली समयमै उठाउन नपाउँदा पनि धानखेतीमा ढिलाई भएको कृषकहरु बताउँछन् । पानवारीका अधिकांश स्थानमा धानखेती शुरु हुन नसकेको सहभागि कृषि सहकारी संस्थाका अध्यक्ष इश्वर लामिछाने बताउँछन् । पछिल्लो समय युवाहरुलाई पनि कृषि तर्फ आकर्षित गर्न रोपाई महोत्सव आयोजना गर्दै आएकोमा यस वर्ष लकडाउनले प्रभाव पारेको उनले बताए । लकडाउनको कारण फुर्सद भएकाले धेरै कृषकहरुले मकैबालि लगाएका कारण पनि बालि उठ्न ढिलो हुँदा धान रोपाईमा पनि ढिलो भएको उनको भनाई छ ।

समयमै रोपाई गर्न नपाएका किसानहरु पछिल्लो समय सलह किराको प्रकोपको त्रासमा छन् । भर्खरै लगाएको धानको बिउँ खाईदिने कि भन्ने डरमा छन् । हुनत् सुनसरीमा सलह किराको प्रकोप देखिएको छैन् तर पनि मारमा किसानहरु परेका छन् । भर्खर लगाएको धानको बिउँमा सलहको प्रकोप फैलिए ब्याड नै नास हुने डर रहेको स्थानीय कृषक मान बहादुर योञ्जन बताउँछन् ।

पानवारीमा करिब साढे ४ सय हेक्टरको क्षेत्रफलमा धान खेती हुँदै आएको छ । सुनसरीको प्रमुख धान खेती हुने धरान ६ को पानवारीमा रोपाई ढिलो हुँदा यसले पक्कै पनि धान उत्पादनमा ह्रास ल्याउन सक्ने देखिन्छ ।

dhan 4 copy dhan 1 dhan 3 dhan 2

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved