स्रोत सुनिश्चित भएका योजना रोकिंदैनन : राज्यमन्त्री गुरुङ

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा प्रदेशसभामा उठेका प्रश्नबारे राज्यमन्त्री अम्मिरबाबु गुरुङले जवाफ दिएका छन् ।

उनले एकद्वार प्रणालीबाट नै योजना छनोट गरिने बताउँदै सांसदहरुले छनोट गरेका योजनालाई मन्त्रालयले कटौती नगरेको दाबी गरे ।

भने,“विशेषत स्रोत सुनिश्चित भएका योजना नै हाम्रो प्राथमिकता हो ।”
मन्त्री गुरुङले उपभोक्ता समिति ठेकेदारले आफैले नै बनाएर काम गर्ने गरेको जानकारी मन्त्रालयले प्राप्त गरेको र त्यसबारे छानबिन शुरु भएको सदनलाई जानकारी गराए । भने,“एक दुईवटा जिल्लामा यस्तो काम हुने गरेको र यसबारे मुख्यमन्त्रीलाई समेत जानकारी गराएको छु ।” सांसदलाई समेत अपनत्व बोध हुने गरी प्रदेशको विकासमा सहभागी गराइने भन्दै उनले सदनमा दिइएका सुझावलाई मन्त्रालयले आत्मसात गर्ने जिकिर गरे ।

पुल र सडकहरुका योजना धेरै नकाटिएको, समपुरक बजेट स्थानीय तहसंग सहकार्य गरेर बजेट विनियोजन भएको स्पष्ट गरे । भने,“समपुरक वा पूर्वाधार विकास मन्त्रालयको भए नभएको बुझ्नु पर्ने हुन्छ । कतिपय योजना स्थानीय सरकारसंगको सहकार्यमा अघि बढ्ने गरेका छन् । केन्द्रबाट समेत खानेपानीमा बजेट आएको र यता प्रदेशले समेत दिएको छ ।” छलफलमा सहभागी भएका सांसदमा खानेपानी योजनाको बजेट कटौती भएको गुनासो गरेका थिए ।

ठेक्का लागेका कुरा र अपुरो भएका विषयलाई सम्बोधन गरिने भन्दै प्रादेशिक सडकको विषयमा छलफल गरिने स्पष्ट गरे । भने,“डीपीआरको विषयमा भएका कमजोरीको मन्त्रालयले छानबिन गरेको छ । दुई बाकस जतिकागजात प्राप्त गरेको छु । आउँदो दिनमा पनि सदनलाई जानकारी गराउने छु ।”

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved