हावा चल्दा र पानी पर्दा पनि बिजुली जान्छ : सांसद थापा

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेकपा प्रदेश १ की सांसद सरिता थापाले हावा चल्दा र पानी पर्दा बिजुली जाने परिपाटीले उज्यालो प्रदेशको सपना साकार नहुने बताएकी छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले भनिन्,“धेरै स्थानमा हावा चल्दा र पानी परेर बिजुली जाने गर्छ । पहाडी क्षेत्रमा पनि समस्या छ ।” उनले सुनसरीको दुहबी प्रसारण लाइनको क्षमता १४ मेघावाटको रहेकोले समस्या भएको बताइन । उनले प्रसारण लाइन विस्तार र क्षमता अभिवृद्धिमा ध्यान दिइनु पर्ने बताइन ।

संखुवासभा, तेह्रथुम र भोजपुरबाट पनि विद्युत उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तर क्षमता भने नबढाइएको सांसाद थापाले बताइन । भनिन्,”प्रसारण लाइनको क्षमता बढाउनु पर्छ । खासगी बिजुलीको भोल्टेजको समस्याले जनतालाई सास्ती भएको छ । हावा चल्दा र पानी पर्दा पनि लाइन जान्छ । काठ र बाँसका पोल हटाएर पक्की पोल लगाउनु पर्छ ।”

नेपाली कांग्रेसकी सांसद सन्जाकुमारी दनुवारले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको र सोमबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर उदयपुरमा भव्यतासाथ धान दिवस मनाउन गएपनि त्यसक्षेत्रका सांसदलाई भने सहभागी नगराइएको गुनासो गरिन ।

भनिन्,“फोन गरेर आउनु हुन्छ कि भनेर । सबै सांसदलाई लगिएन । आएपछि किन लग्नु भएन मुख टाल्नको लागि नलगिएको जस्तो भयो ।”

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved