हावा चल्दा र पानी पर्दा पनि बिजुली जान्छ : सांसद थापा

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेकपा प्रदेश १ की सांसद सरिता थापाले हावा चल्दा र पानी पर्दा बिजुली जाने परिपाटीले उज्यालो प्रदेशको सपना साकार नहुने बताएकी छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले भनिन्,“धेरै स्थानमा हावा चल्दा र पानी परेर बिजुली जाने गर्छ । पहाडी क्षेत्रमा पनि समस्या छ ।” उनले सुनसरीको दुहबी प्रसारण लाइनको क्षमता १४ मेघावाटको रहेकोले समस्या भएको बताइन । उनले प्रसारण लाइन विस्तार र क्षमता अभिवृद्धिमा ध्यान दिइनु पर्ने बताइन ।

संखुवासभा, तेह्रथुम र भोजपुरबाट पनि विद्युत उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तर क्षमता भने नबढाइएको सांसाद थापाले बताइन । भनिन्,”प्रसारण लाइनको क्षमता बढाउनु पर्छ । खासगी बिजुलीको भोल्टेजको समस्याले जनतालाई सास्ती भएको छ । हावा चल्दा र पानी पर्दा पनि लाइन जान्छ । काठ र बाँसका पोल हटाएर पक्की पोल लगाउनु पर्छ ।”

नेपाली कांग्रेसकी सांसद सन्जाकुमारी दनुवारले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको र सोमबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर उदयपुरमा भव्यतासाथ धान दिवस मनाउन गएपनि त्यसक्षेत्रका सांसदलाई भने सहभागी नगराइएको गुनासो गरिन ।

भनिन्,“फोन गरेर आउनु हुन्छ कि भनेर । सबै सांसदलाई लगिएन । आएपछि किन लग्नु भएन मुख टाल्नको लागि नलगिएको जस्तो भयो ।”

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved