विराटनगरका मेयर र उपमेयरले रोपाईं गरे

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ ।

महानगरपालिकाका मेयर भीम पराजुलीले रापाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए । पराजुलीले भने,“प्रमुख बालीको रुपमा धानखेती नै भएकोले पनि असार १५ को विशेष महत्व छ ।” उनले किसानले मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक गर्ने महिना नै असार भएको बताए ।

महानगरकी उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल,कर्मचारी तथा स्थानीयले खेतका गह्रामा पसेर सामूहिक रोपाईं र रमाइलो गर्दै विराटनगरमा धान दिवस मनाएका छन् ।

खापटोलका स्थानीयवासीले उत्साहसाथ रोपाईंमा साथ दिएका थिए । उनीहरुले खेतीको लागि महानगरले मलखाद जस्ता महत्वपूर्ण वस्तुमा सहयोग गर्नुपर्ने माग गरेका छन् । हरियाली कृषक समूहले खापटोलमा धान दिवस कार्यक्रमको संयोजन गरेको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved