विराटनगरका मेयर र उपमेयरले रोपाईं गरे

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ ।

महानगरपालिकाका मेयर भीम पराजुलीले रापाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए । पराजुलीले भने,“प्रमुख बालीको रुपमा धानखेती नै भएकोले पनि असार १५ को विशेष महत्व छ ।” उनले किसानले मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक गर्ने महिना नै असार भएको बताए ।

महानगरकी उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल,कर्मचारी तथा स्थानीयले खेतका गह्रामा पसेर सामूहिक रोपाईं र रमाइलो गर्दै विराटनगरमा धान दिवस मनाएका छन् ।

खापटोलका स्थानीयवासीले उत्साहसाथ रोपाईंमा साथ दिएका थिए । उनीहरुले खेतीको लागि महानगरले मलखाद जस्ता महत्वपूर्ण वस्तुमा सहयोग गर्नुपर्ने माग गरेका छन् । हरियाली कृषक समूहले खापटोलमा धान दिवस कार्यक्रमको संयोजन गरेको थियो ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved