समाचार

    Showing 821-830 of 10,122 items.
  • धरानमा तीन सदस्य सम्मानित : वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको उत्कृष्ट कारोवार सम्मान

    धरान/ वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति, हतुवागढी भोजपुरले उत्कृष्ट आन्तरिक बचत कारोवार गर्ने तीन सदस्यलाई विशेष सम्मान गरेको छ। शनिबार धरानस्थित क्षेत्रीय कार्यालयमा आयोजित संस्थाको १०औं साधारण सभाको अवसरमा समाजले नेत्रप्रसाद वालाहाङ राई (बराहक्षेत्र–१, झण्डाचोक), भानुभक्त वालाहाङ राई (इटहरी–१९) र देवीमाया राई (बराहक्षेत्र–१, लालवस्ति) लाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो। समाजका सचिव कृपालसिंह वालाहाङ राईका अनुसार आन्तरिक बचत तथा कारोवारमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यलाई प्रोत्साहनस्वरूप जनही पाँच हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको ह

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ले पायो आधिकारिकता, ‘माटो’ चुनाव चिन्ह तोकियो

    काठमाडौँ/  धरानका मेयर हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टी ले औपचारिक मान्यता प्राप्त गरेको छ। साम्पाङले आईतवार  निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गर्दै पार्टीको आधिकारिक यात्राको सुरुवात गरेका हुन्। निर्वाचन आयोगले दर्ता स्वीकृत गरेको श्रम संस्कृति पार्टीलाई ‘माटो’ चुनाव चिन्ह तोकिएको छ। पार्टीमा २८ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्। गत असोज १२ गते साम्पाङ आफैं निर्वाचन आयोग पुगेका थिए र औ

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित दुई युवक पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

    सुनसरी/ ईनरुवामा प्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। मोरङको लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार साँझ करिब ५ बजे ईनरुवा–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाको संयुक्त टोलीले को.३ प. ६६२३ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल भन्ने मोहनबहादुर श्रेष्ठ र ऐं.ऐं बस्ने २७ वर्षीय अहिस ताम्रकार रहेका छन्। प्रहरीले च

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युत प्राधिकरणको निर्णयले मोरङका उद्योगी आक्रोशित, तत्काल बिजुली सुचारु गर्न माग

    विराटनगर/ नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प बनेपछि उद्योग संगठन मोरङले तत्काल विद्युत् आपूर्ति पुनः सुचारु गर्न माग गरेको छ। संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध भएपछि औद्योगिक उत्पादन ठप्प हुनुका साथै निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको उल्लेख गरेको छ। “डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद लामो समयदेखि समाधानविहीन छ,” विज्ञप्तिमा भनिएको छ, “तर प्रत्येकपटक सरकार परिवर्तनसँगै विवाद बल्झँदा समग्र निजी क्षेत्रप्रति नकारात्मक धारणा बनाउने वातावरण सिर्जना हुँदै आएको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन : मौलिक संस्कृतिको उत्सव

    धरान/धरानमा मगर समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान जोगाउँदै पुस्ता हस्तान्तरणको सन्देशसहित सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन गरेका छन्। नेपाल मगर संघ धरान समितिको आयोजनामा शनिबार धरान–१० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा मगर समुदायका दर्जनौँ समूहले परम्परागत पोसाक र ढोल–मादलको तालमा सामूहिक नाच प्रस्तुत गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अईन्द्र बिक्रम बेघाले धरानलाई सबै जातजाति, धर्म र संस्कृतिको साझा सहअस्तित्वको शहरको रूपमा चिनाउँदै भने, “धरान अरु शहरभन्दा बेग्लै हो। यहाँ सबै समुदायले संस्कार र संस्कृतिको सम्मान गर्

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्यरातको स्ट्याटसले बालेन फेरि विवादमा !

    काठमाडौँ/ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चाको केन्द्र बनेका छन्। मध्यरातमा उनले सामाजिक सञ्जालमार्फत लेखेको विवादास्पद स्ट्याटस केही मिनेटमै हटाए पनि, त्यसको स्क्रिनसट अहिले सोसल मिडियामा व्यापक रूपमा भाइरल बनेको छ। शाहले अमेरिका, भारत, चीनजस्ता शक्तिशाली मुलुकहरू र नेपाली प्रमुख राजनीतिक दलहरू — एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपा — सबैलाई लक्षित गर्दै तीखो र आपत्तिजनक टिप्पणी गरेका थिए। उनको शब्दचयन अशिष्ट र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील भएको भन्दै विभिन्न तर्फबाट आलोचना सुरु भएको छ। धेरैले उनको अभिव्यक्तिलाई

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा १२ हजार ट्रामाडोल ट्याब्लेटसहित दुई युवा पक्राउ

    धरान/सुनसरीको हरिनगरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा गरिएको प्रहरी चेकजाँचका क्रममा उनीहरूबाट १२ हजार पिस ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय हरिनगरा र सुरक्षा प्रहरी बेस क्याम्प बसन्तपुरबाट खटिएको संयुक्त टोलीले देवानगंज–हरिनगरा सडक खण्डमा चलिरहेको प्र.१–०२–००४ ह.८३३५ नम्बरको सिटी सफारी रोकी चेकजाँच गर्दा औषधि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त सिटी सफारीमा लुकाएर राखिएको ट्रामाडोल १२०० पत्ता (१२,००० ट्याब्लेट) बरामद गरिएको हो। सोही सवारी साधनका चालक, हरिनगरा गाउँपालिका–५ का १५ वर्षीय

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 1,411 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा “हिविस्कस क्विज मेनिया सिजन–४” हुँदै, देशभरका १ सय ५० विद्यालय सहभागी हुने अपेक्षा

    धरान/हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ले आगामी पुष ९ र १० गते “हिविस्कस क्विज मेनिया सिजन–४” आयोजना गर्ने भएको छ। विद्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी र योजनाबारे जानकारी गराएको हो। विद्यालयका सल्लाहकार पवन झाका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। विगतमा नगर र जिल्ला स्तरीय रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यसपटक भने खुला स्तरीय अन्तर–विद्यालय प्रतियोगिताको आयोजना गर्न लागेको छ। “गतवर्ष सुनसरी जिल्लाभित्र सीमित राखिएको थियो, यस

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई युवा नक्कली पेस्तोल र तलवारसहित बराहक्षेत्रमा पक्राउ

    सुनसरी/धरानका दुई युवा बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चौकमा नक्कली पेस्तोल र फलामको तलवारसहित प्रहरीको फन्दामा परेका छन् । मिति २०८२ साल कात्तिक १३ गते अपराह्न करिब ३ बजे प्रहरी चौकी भरोलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय बिमल बरैलि (अंकु) र २७ वर्षीय रबिन्द्र सैल्यो रहेका छन् । उनीहरूको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान, सानो फलामको तलवार १ थान, उक्त तलवारको खोला र स्क्रि

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 1,232 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा मन्दिरमा कार्तिके अर्थात हरिबोधिनी मेला शनिबार , तयारी हुँदै

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चतरणमा पुगेको छ । प्रत्यक बर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस बर्ष कात्तिक १५ गते शनिवार एकादशिको दिनबाट सुरु भई कात्तिक १९ गते बुधवार पुर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुने वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका र वडा कार्यालयको समन्वयमा वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको छ । मेलाको लागि मन्दिरमा रङ्गरोगन , कोसी नदीमा स्नान घाटको व्यवस्थ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 698 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved