समाचार

    Showing ८२१-८३० of १०,४१५ items.
  • विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित

    धरान/  श्री विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित भएका छन्। सोमबार धरान–१० स्थित सैनिक भवनमा सम्पन्न समितिको १२ औँ अधिवेशनमा निवर्तमान महासचिव समेत रहेका बराइलीले अध्यक्षमा उम्मेदवार दिएका निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन मण्डलका अधिकृत डिबी शाहशंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शंकरले ५५ मत प्राप्त गरेका थिए। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरू भने सहमतिमै चयन भएका छन्। उपाध्यक्षमा मिरा बराइली, महासचिवमा वलिन्द्र बराइली, कोषाध्यक्षमा ललन जनकर्मी तथा सचिवमा कला शंकर चयन भएका

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ४२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माघमा बीपी प्रतिष्ठानमा ‘सिन्याप्स–२०२६’हुदै

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाज, बीपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गतेदेखि २३ गतेसम्म सातौँव्यापी रूपमा चल्ने आयोजकले जानकारी दिएका छन् । आयोजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ७१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः पौडेल निर्वाचित

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको सुनसरी जिल्लाकै प्रतिष्ठित सहकारी संस्थाको रुपमा स्थापित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन: सिता भण्डारी पौडेल निर्वाचित भएकी छिन् । मङलबार संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा २८ औं वार्षिकोत्सव कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिकृष्ण भट्टराईले संस्थाको ४ वर्षका लागि अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएको बताए । अध्यक्षमा भण्डारी सहित उपाध्यक्षमा मीन बहादुर बानियाँ, सचिव ज्ञानेन्द्र (आदेश) गौतम , कोषाध्यक्ष राधिका कार्की, सदस्यहरू मदन (राजन ) बस्नेत , प्रभा कुमरी घिमिरे , सुनिता निरौला, श

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ४८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ

    बराहक्षेत्र/सुनसरीको बराहक्षेत्र नगरपालिका–४ तिसबिघेमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मिति २०८२ साल पुस २१ गते दिउँसो करिब ४:१० बजे प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले इटहरीबाट कालाबन्जारतर्फ जाँदै गरेको को १९ प १७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो। प्रहरीका अनुसार मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा TRAMADOL ६२० क्याप्सुल र SPASPAIN ५७० ट्याब्लेट बरामद गरिएको छ। लागूऔषधसहित मोटरसाइकल चालक रामधुनी नगरपालिका–६ का ३३ वर्षीय सुनिल चौधरी, पछाडि सवार सोही स्थानका २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपाप्रति जनआकर्षण बढ्दो : माधव नेपाल

    धरान/नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले नेकपाप्रति जनताको आकर्षण निरन्तर बढ्दै गएको बताएका छन्। पार्टीको इटहरी उप-महानगर समितिद्वारा आइतबार दुर्गा पार्टी प्यालेसमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १७ दल एकताबद्ध भइसकेपछि अन्य राजनीतिक घटकहरू समेत एकतामा आउन इच्छुक देखिएको उल्लेख गरे। यसले नेकपाप्रति जनविश्वास र आकर्षण बढेको उनको भनाइ थियो। नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय भइसकेकाले त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। साथै पार्टी

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ४३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी-१ मा प्रलोपाबाट सुदन किराँती उम्मेदवार सिफारिस

    धरान/   प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सुदन किराँती सुनसरीबाट उम्मेदवार सिफारिस भएका छन्। किराँतीलाई प्रलोपाले सुनसरी-१ बाट उम्मेदवार सिफारिस गरेको हो। सुनसरी-१ बाट उनको नाम एकल सिफारिस भएको छ। एउटा मात्रै निर्वाचन क्षेत्र भएको भोजपुरबाट भने प्रलोपाले किराँतीसहित हेमन्त राई पनि सिफारिस भएका छन्। किराँती २०६४, २०७४ र २०७९ को चुनावमा विजयी भएका थिए।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ४३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रभातलाई हराउँदै पुलिस स्कुल पहिलोपटक च्याम्पियन

    धरान/  सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता–२०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले जितेको छ। धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पुलिस स्कुलले धरानकै प्रभात सेकेन्डरी बोर्डिङ स्कुल लाई १–० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक पहिलो उपाधि हात पारेको हो। पुलिस स्कुललाई पहिलो पटक च्याम्पियन बनाउने क्रममा जर्सी नम्बर ७ का विकास मगर नायक बने। उनले खेलको निर्णायक गोल टिम क्याप्टेन जर्सी नम्बर १० का समिर राई को पासमा डिबक्स बाहिरबाट प्रहार गर्दै जाली चुमाएका थिए। उक्त गोल नै फाइनल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ३७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलम्बर संवत ५०८६ स्वागतमा ‘यलम्बर कप’ : सुनसरीभर खेलकुद महोत्सव

    धरान/  किरात राई यायोक्खा सुनसरीले नयाँ वर्ष यलम्बर संवत ५०८६ को अवसरमा वडा कार्यसमिति स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी माघ १ गतेदेखि यलम्बर संवत ५०८६ सुरु हुँदैछ। नयाँ वर्षलाई भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘यलम्बर कप ५०८६’ नाम दिइएको छ। खेलकुदमार्फत सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै नयाँ वर्ष उत्सवमय बनाउने योजना रहेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए। अध्यक्ष राईले यलम्बर संवतलाई विश्वकै प्राचीन संवतको रूपमा उल्लेख गर्दै यसलाई राज्यस्तरबाट लागू गर्नुपर्ने आवश्यकता औँल्याए। &l

    • प्रकाशित मितिः पुस १९, २०८२
    • ४४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दिने १३औँ भेडेटार फुड फेस्टिवल सम्पन्न

    धरान/ होटल एशोसिएशन भेडेटारको आयोजनामा तीन दिनसम्म चलेको १३औँ भेडेटार फुड फेस्टिवल सफलतापूर्वक सम्पन्न भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पुस १६ देखि १८ गतेसम्म फेस्टिवल आयोजना गरिएको हो। फेस्टिवल अवधिभर पर्यटकहरूका लागि स्थानीय र मौलिक खानाका परिकारको विशेष व्यवस्था गरिएको थियो भने हरेक साँझ आकर्षक सांगीतिक कार्यक्रममार्फत भरपूर मनोरञ्जन प्रदान गरिएको थियो। कार्यक्रममा चर्चित गायिका मेलिना राई, गायिका दिपा सुहाङ लिम्बू, द प्याराडाइज नेपाल ब्याण्ड, सुहाङ एण्ड द आमा–छोरा ब्याण्ड, गायक गौरव नारायण राई, सुरेश गुरुङ, लिलाराज लावती, राजु

    • प्रकाशित मितिः पुस १९, २०८२
    • ५७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट लागूऔषधसहित दुई पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले गरेको कारबाहीमा एकै दिन दुई जना पक्राउ परेका छन्। मिति २०८२ साल पुस १८ गते बिहान करिब १०:३० बजेको समयमा धरान–१८ स्थित घोपा क्याम्प परिसरभित्र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेको प्र०१–०२–०४१ प ५३०४ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक धरान–१० निवासी २१ वर्षीय युवराज कार्कीको साथबाट लागूऔषध ट्रामाडोल ४५० क्याप्सुल र स्पास्मो ४५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित मोटरसाइकलसमेत बरामद गरिएको छ। यसैगरी, सोही द

    • प्रकाशित मितिः पुस १९, २०८२
    • ५१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved