प्रभातलाई हराउँदै पुलिस स्कुल पहिलोपटक च्याम्पियन

  • पुस २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता–२०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले जितेको छ।

धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पुलिस स्कुलले धरानकै प्रभात सेकेन्डरी बोर्डिङ स्कुल लाई १–० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक पहिलो उपाधि हात पारेको हो।

पुलिस स्कुललाई पहिलो पटक च्याम्पियन बनाउने क्रममा जर्सी नम्बर ७ का विकास मगर नायक बने। उनले खेलको निर्णायक गोल टिम क्याप्टेन जर्सी नम्बर १० का समिर राई को पासमा डिबक्स बाहिरबाट प्रहार गर्दै जाली चुमाएका थिए। उक्त गोल नै फाइनल खेलको निर्णायक बन्यो। विकास मगर फाइनल खेलका म्यान अफ दि म्याच घोषित हुँदै नगद १ हजार ५ रुपैयाँ प्राप्त गरे।

उपाधिसँगै पुलिस स्कुलले ट्रफी, नगद ८१ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले ट्रफी, नगद ४१ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिस स्कुलका समिर राई घोषित भए। उनले ट्रफीसँगै नगद ३ हजार ५ रुपैयाँ प्राप्त गरे। प्रतियोगिताभरि ५ गोल गरेका समिर हाइ स्कोरर समेत बन्दै थप २ हजार ५ रुपैयाँ पुरस्कार पाए।

यस्तै,

बेस्ट कोच: पुलिस स्कुलका सागर कार्की

बेस्ट मिडफिल्डर: प्रभात स्कुलका जर्सी नं. १० नेम्साङ राई

बेस्ट डिफेन्डर: प्रभात स्कुलका जर्सी नं. २ रिदम पाण्डे

बेस्ट गोलकिपर: पुलिस स्कुलका जर्सी नं. १६ सोनाहाङ राई

उदयीमान खेलाडी: पुलिस स्कुल (निलो) का जर्सी नं. २ यारिन भुजेल

घोषित भए। उनीहरूले जनही नगद २ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।

विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं डिआइजी विनोद घिमिरे, धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एसएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल, पुलिस स्कुलकी प्राचार्य मनिका सुब्बा (राई), प्रतियोगिताका संयोजक तथा विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायु र राष्ट्रिय अनुसन्धान कोशी प्रदेश कार्यालय धरानका अनुसन्धान निर्देशक एवं डिआइजी इन्द्रसिंह लामा लगायतले पुरस्कार वितरण गरेका थिए।

२०५८ सालदेखि सुरु भएको डिआइजिपी कप छैटौं संस्करणसम्म सञ्चालन भई २०६३ पछि रोकिएको थियो। करिब १९ वर्षपछि पुनः सञ्चालन भएको प्रतियोगितामा आयोजक पुलिस स्कुल पहिलो पटक फाइनल खेल्दै नयाँ च्याम्पियन बनेको हो।

यसअघि छैटौं संस्करणसम्म धरान–१८ स्थित डिपोट माध्यमिक विद्यालय ले पाँच पटक उपाधि जितेको थियो भने मोरङको उर्लाबारीस्थित राधिका मावि एक पटक च्याम्पियन बनेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved