बराहक्षेत्र/सुनसरीको बराहक्षेत्र नगरपालिका–४ तिसबिघेमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
मिति २०८२ साल पुस २१ गते दिउँसो करिब ४:१० बजे प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले इटहरीबाट कालाबन्जारतर्फ जाँदै गरेको को १९ प १७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा TRAMADOL ६२० क्याप्सुल र SPASPAIN ५७० ट्याब्लेट बरामद गरिएको छ।
लागूऔषधसहित मोटरसाइकल चालक रामधुनी नगरपालिका–६ का ३३ वर्षीय सुनिल चौधरी, पछाडि सवार सोही स्थानका २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय राजु लिम्बुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषध र मोटरसाइकलसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ।