धरानबाट लागूऔषधसहित दुई पक्राउ

  • पुस १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले गरेको कारबाहीमा एकै दिन दुई जना पक्राउ परेका छन्।

मिति २०८२ साल पुस १८ गते बिहान करिब १०:३० बजेको समयमा धरान–१८ स्थित घोपा क्याम्प परिसरभित्र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेको प्र०१–०२–०४१ प ५३०४ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक धरान–१० निवासी २१ वर्षीय युवराज कार्कीको साथबाट लागूऔषध ट्रामाडोल ४५० क्याप्सुल र स्पास्मो ४५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित मोटरसाइकलसमेत बरामद गरिएको छ।

यसैगरी, सोही दिन राति करिब ९:३० बजेको समयमा धरान–१३ स्थित सुर्यमार्गमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानमै बसोबास गर्ने ४५ वर्षीय सानु सुनुवारलाई नियन्त्रणमा लिएको छ। खानतलासीका क्रममा सुनुवारको साथबाट लागूऔषध डाइजोपाम १८ एम्पुल फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले धरान क्षेत्रमा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने बताएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved