समाचार

    Showing 8,091-8,100 of 10,050 items.
  • ट्याक्टरले किचेर बालकको मृत्यु

    केरावारी/ मोरङको केरावारी गाउँपालिका(६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा अन्य केटाकेटीहरु समेत खेलिरहेको अवस्थामा ट्याक्टरको गियर चलाउदा ट्याक्टर आफै गुड्न गई अगाडी खेलिरहेको  बालकलाई किच्दा घाईते भएका बालकको धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब्यवस्थित सफारी पार्किङ : कुरूप बन्दै इटहरी

    सुनसरी । निर्माणधिन ६ लेन राजमार्गको कारण पार्किङ समस्या झेल्दै आएको इटहरी पछिल्लो समय अब्यवस्थित सफारी पार्किङले आफ्नो सौन्दर्यता नै गुमाउँदै गएको छ । सम्बन्धित सरोकारवालाहरूले नियमन गर्न नसक्दा सिंगो शहरको अवस्था नाजुक बन्दै गएको छ । क्षमता भन्दा बढी सफारी राजमार्गमा गुडेपछि शहरको अवस्था अस्तब्यस्त बनिन पुगेको छ भने सामधान तर्फ चासो राख्ने निकायहरू मौन रहदा सर्वसाधरणहरूले दिनहु सास्ती खेप्नु परेको छ । इटहरी उपमहानगरमा २७ सयको हाराहारीमा सफारी दर्ता रहेका छन तर राजमार्गमा ५ हजारको दरले सफारी गुडिदिदा सवारीको चाप बढनुका साथै घण्टौ जाम हुने गरेको छ । दुइ वर्ष अघि सम्म इटहरी उपमहानगर र प्रदेश ए

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 1,208 पटक पढिएको
    • "तेजबहादुर बन "
  • खनालको जिल्लाका जनप्रतिनिधी ओली पक्षमा

    इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको प्रभाव पर्न थालेको हो ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष र अर्को नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीमा विभाजित बनेपछि दुईतर्फ नै राजनीतिक कृयाकलाप बढेका छन् । इलाम प्रचण्ड–नेपाल पक्षधरमा रहेका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (ओली समूह) नेता सुवासचन्द्र नेम्वाङको गृहजिल्ला हो । नेकपा विभाजित भएसँगै इलाममा पनि पक्षधरको प्रभाव देखिन थालेको छ । इलाममा १० वटा स्थानीय तह छन । जसमध्ये सात स

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 1,070 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सरकारमा जाने–नजाने विषयले कांग्रेसमा विवाद

    विराटनगर । प्रदेश १ सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसंगै नयाँ सरकार गठनमा नेपाली कांग्रेसको भूमिकाको विषयमा बहस शुरु भएको छ । सरकारमा सहभागी हुनेबारे कांग्रेसले नीतिगत निर्णय गरेको छैन । तर, प्रदेशस्तरमा निर्णय गरी सरकारमा सहभागी हुने अवस्था पनि सिर्जना भएको देखिदैन । संसदीय दल केन्द्रको निर्णयको पर्खाईमा छ । यता, प्रदेश राजधानी विराटनगरमा उपलब्ध केन्द्रीय नेताहरुले समेत प्रदेशमा बद्लिएको राजनीतिक परिस्थितिबीच संसदीय दलसंगल छलफल शुरु गरेका छन । प्रतिनिधि सभा विघटनको विरोधमा पार्टीले घोषणा गरेको कार्यक्रममा सहभागी हुन प्रदेश राजधानी विराटनगर आईपुगेका पार्टीका केन्द्रीय नेतामा समेत सरक

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 686 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • व्यवस्थापन नगर्दा कुरुप बन्दै इलामका चिया बगान

    इलाम । एक सय ५३ वर्षअघि नेपालमै पहिलोपटक चिया खेती भएको इलाम सदरमुकाममा पर्ने इलाम चिया बगानमा देशकै पहिलो कारखाना रहेको छ । तर यहाँ रहेको कारखाना जिर्ण अवस्थामा छ भने चियाबगान कुरुप बनेको छ । बगानमा खालि भएको ठाउँमा चिया नरोपिएको कारण बगान कुरुप बनेको हो । चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापनमा कुनै चासो देखिएको छैन । २०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापामा बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुनेगरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्दा इलामका चियाबगान कुरुप ब

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,397 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

    झापा। झापाको शिवसताक्षी नगरपालिका-१० मा आज बिहान राती १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका-८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिंदा घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धानई भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,249 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राजनितिक द्वन्दले ब्यवसायीको लगानी जोखिममा

    इटहरी । संसद बिघटन पछि उत्पन्न राजनीतिक तरंगले केन्द्र हुदै प्रदेश र स्थानीय तह सम्मलाइ पिरोलिरहेको बेला ब्यवसायीहरू पनि अफ्नो अरबौ लगानी डुब्ने पिरमा छन् । प्रदेश एकमा सरकार परिवर्तनको चर्चा चुलिए सँगै सरकारकै योजना र नीति अनुरूप सञ्चालन भएका अरबौ रुपैयाको लगानी सहितका ब्यवसायहरू धरापमा पर्ने होकि भन्ने बिषयले ब्यवसायीहरू चिन्तित बनेका छन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसंगै सरकार परिवर्तन हुने पक्का पक्कि भए पछि ब्यवसायहरूमा चिन्ता थपिएको हो । सुनसरीको इटहरीस्थित पर्यटकीय स्थल तालतलैया संरक्षक समितिका अध्यक्ष बिरबहादुर लिम्बु प

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,439 पटक पढिएको
    • "तेजबहादुर बन"
  • चिस्यान केन्द्र संचालन पछि कृषि उत्पादनले मुल्य पायो

    धरान । एक महिना अघि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो । फ्याक्नु पर्ने डरले जति मुल्य पाए पनि बिक्रि गर्नुपर्ने हुन्थ्यो । भण्डारण गर्ने स्थलको अभावमा कृषिजन्य उत्पादनहरु कुहिएर जान्थे । तर एक महिना यता बजारले चिस्यान केन्द्र संचालनमा ल्याए पछि कृषकहरु त्यो बाध्यताबाट मुक्त भएका छन् । लामो समय सम्म कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा राखेर बिक्रि गर्न पाएका छन् । मुल्य नपाउँदा चिस्यानमा राख्ने मुल्य पाउँदा बिक्रि गर्न पाउने भएका छन् । चिस्यान केन्द्र संचालनमा आए पछि कृषक, व्यवसायी खुशी भएका छन् ।

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,143 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • प्रदेशमा सरकार फेर्न अन्य दलसंग पनि छलफल हुँदैछ : नेता भीम आचार्य

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव तथा प्रदेश १ मा मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले प्रदेश सरकार लथालिंग हिसाबले चलेकोले फेर्न प्रयास थालनि भएको बताएका छन । उनले सरकार ठिक ढंगले नचलेको र पार्टी चोइटिएर जाने अवस्था आएकोले अब आफूहरुले सरकार बनाउने पहल थालेको स्पष्ट गरेका छन । नेकपाको प्रदेश १ कार्यालय विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता आचार्यले भने,“अब वैकल्पिक नेतृत्व चाहिने भएको छ । कसैलाई गाली गलौच गर्नु पनि छैन । आलोचना गर्नु छैन । संघीयताका पक्षधर हौं । लोकतन्त्रका पक्षधर पनि हौं । यसलाई बचाउन अब सबै लाग्नु पर्ने अवस्था आएको छ ।” जनमत प्राप्त सरकार

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सवमा जानुका विकको घर निर्माणका लागी आर्थिक सहयोग

    धरान।  धरान ११ मंगलबारे स्थित गौरा स्टिलटेक इन्डस्ट्रीको पहिलो वार्षिकोत्सवको अवसरमा जानुकामाया विश्वकर्माको घर निर्माणका लागी आर्थिक सहयोग गरीएको छ ।  धरान १७ विजुवा मार्ग निवासी एकल महिला विश्वकर्माको घरको लागी ३५ सय ५० रूपैँया प्रदान गरीएको इन्डस्ट्रीका संचालक दिपक बान्तवाले जानकारी गराए । उनले घर निर्माण भइरहेको स्थलमा नै पुगेर सहयोग गरेका हुन । 'गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सव पुष ११ गते हो । त्यस दिन इन्डस्ट्रीको सबै कर्मचारीहरूका साथ वनभोज आयोजना गरीएको थियो । उनले भने, 'वार्षिकोत्सवको अवसरमा धरानमा विकको घर निर्माणका भइरहेको जानकारी पाएपछी वार्षिकोत्सवको अवसर नै पारे

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved